तनहूँ । टिम नेपो तनहुँको तेस्रो अधिवेशन तथा पदस्थापना सम्पन्न भएको छ । दमौलीमा सम्पन्न कार्यक्रमको सभापतित्व संस्थाका निवर्तमान अध्यक्ष गोविन्द तिमल्सिना गर्नुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि व्यास नगरपालिका वडा नम्बर ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठ रहनुभएको थियो । सो अवसरमा बोल्दै वडाअध्यक्ष श्रेष्ठले संस्थाले नियमित भन्दा नयाँ खाले कार्यक्रमहरु गर्नुपर्ने बताउनुभएको थियो । उहाँले थपे विशेषगरी युवाका क्षेत्रमा काम गर्नुपर्छ ।
क्लबका नवनियुक्त अध्यक्ष मिन कुंवरले आफ्नो कार्यकालमा गर्ने कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो । उत्तः अवसरमा नवनियुक्त अध्यक्ष कुवरले कार्यसमितिलाई सपथग्रहण गराउनु भएको थियो । उक्त अवसरमा निवर्तमान अध्यक्ष गोविन्द तिमल्सिनाले आफ्नो कार्यकालमा उत्कृष्ट कार्य गर्ने विभिन्न पदाधिकारीहरुलाई पुरस्कार समेत वितरण गर्नुभएको थियो ।
कार्यक्रममा दमौली व्ह्वीलर्स एण्ड बाइकर्स पोइन्टका मिरन नेपालीले शुभकामना मन्तव्य व्यत्तः गर्दै टिम नेपो तनहूँका सदस्यहरूलाई निः शुल्क सर्भिस दिने भनाई व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य रमेश नेपालीले व्यक्त गर्नुकाभएको थियो उक्त कार्यक्रमको संचालन रवि अधिकारीले गर्नुभएको थियो ।








