प्रधानमन्त्री देउवा प्रचण्ड निवासमा , बुझे सीता दाहालको स्वास्थ्य

  • ख-
  • ख+

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका छन् ।

प्रधानमन्त्री देउवा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्न केही बेरअघि खुमलटार पुगेका हुन् ।

अध्यक्ष दाहालका प्रेस विज्ञ विष्णु सापकोटाका अनुसार प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोज्दै थिए, सोही क्रममा आज खुमलटार पुगेका हुन् ।

पार्किन्सस रोगका कारण सीता लामो समयदेखि अस्वस्थ छिन् । (रासस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?