अक्सिजन सिलिण्डर बोकेको मिनी ट्रक दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

  • ख-
  • ख+

कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको एस मोडमा मिनी ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

कालिकोटको शुभकालिका गाउँपालिका वडा नं. १ मा पर्ने राजमार्ग अन्तर्गतको एस मोडमा मिनी ट्रक दुर्घटनामा परेको हो।

मंगलबार अपराह्न ४ बजेतिर ना ७ ख ९५१६ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ। दुर्घटनामा चालक र सहचालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिए।

उनका अनुसार चालक दीपक साउद र सहचालक रमेशबहादुर शाहीको मृत्यु भएको हो। सहचालक बाजुराको जुकोट गाउँपालिकाका हुन् भने चालकको ठेगाना खुलिनसकेको उनले जानकारी दिए।

उक्त मिनी ट्रक नेपालगञ्जबाट अक्सिजन सिलिन्डर र ग्याभिङ जाली बोकेर जुम्ला जाँदै गरेको उनले बताए।

प्रहरीका अनुसार ट्रकमा चालक र सहचालक मात्र सवार थिए। (सेतोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?