आँबुखैरेनीका खेलाडी सन्त बहादुर गुरुङ (कान्छा) जावलाखेल युथ क्लबमा अनुबन्धित

  • ख-
  • ख+

तनहूँ । अल स्टार फुटबल क्लब आँबुखैरेनी तनहूँका स्टाईगर खेलाडी सन्त बहादुर गुरुङ (कान्छा) जावलाखेल युथ क्लबमा अनुबन्ध भएका छ्न । विभिन्न स्थानमा हुने प्रतियोगितामा अल स्टार क्लबबाट उत्कृष्ट खेल प्रदशन गर्दै आएका मेहेनती र जेहन्दार खेलाडी २३ बर्षका सन्त बहादुर गुरुङ (कान्छा) राष्ट्रिय ए डिभिजन क्लब जावलाखेल युथमा अनुबन्ध भएको क्लबका उपाध्यक्ष सुशील पाण्डेले जानकारी दिनुभयो । अल स्टार क्लबले सन्त बहादुर गुरुङ (कान्छा) को लागि केही गर्न नसके पनी आफ्नै मेहनत र लगनशीलका कारण आज राष्ट्रिय ए डिभिजनको जावलाखेल युथ क्लबमा अनुबन्ध हुँदा आँबुखैरेनीको मात्र नभई समग्र तनहुँ जिल्लाकै लागि गौरवको कुरा भएको पाण्डेले बताउनुभयो । १४ बर्षको उमेर देखि अल स्टार क्लबबाट खेल खेल्दै थुप्रै उपाधी जिताउदै आएका सन्त बहादुर गुरुङ (कान्छा) ले यस भन्दा पहिला बि डिभिजनको च्यासल युथ क्लबबाट फुटबल खेलिसकेका छ्न ।

पछिल्लो समयमा तनहूँ जिल्लाका विभिन्न क्लबबाट राष्ट्रिय स्तरको फुटबल क्लबमा अनुबन्ध भएका खेलाडीहरुलाई जिल्ला फुटबल संघले अहिलेसम्म कुनै पनि हौसला, सम्मान एवम् आवश्यक तालिमको व्यवस्था नगरेको गुनासो क्लब र खेलाडीबाट सुनिदै आएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्