भीमफेदी कारागारका ३५५ कैदीबन्दीलाई कोरोना संक्रमण

  • ख-
  • ख+

मकवानपुर — मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका ३ सय ५५ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको छ ।
कैदीबन्दीहरुलाई भीमफेदीबाट अर्को कारागारमा पठाउने क्रममा ११ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको थियो । उक्त जानकारी आएसँगै भीमफेदी कारागारमा रहेका सबै कैदीबन्दीमा कोरोना परीक्षण गरिएको हो । उपाध्यायका अनुसार कोराना पुष्टि भएका संक्रमितहरुमा कुनै पनि किसिमको लक्षण देखिएको छैन ।

पुष्टि भएको संक्रमितहरुलाई कारागारभित्रै निगरानीमा राखिने प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए । ‘संक्रमितहरुलाई छुट्टै ब्लकमास्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ,’ पाण्डेले भने । कैदीबन्दीमा कुनै स्वास्थ्य समस्या नदेखिएको पनि उनले बताए । जिल्लामा पछिल्लो दिनहरुमा कोरोना पुष्टि हुनेको संख्या बढेको छ । ( कान्तिपुर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्