आइएसद्वारा मलामी गएका व्यक्तिमाथि आक्रमण, आठ जनाको हत्या

  • ख-
  • ख+

इराक राजधानी बगदादबाट उत्तरी क्षेत्रमा अतिवादी आइएसले मलामी गएका व्यक्तिमाथि बम आक्रमण गरेका छन् । ती इराकको उत्तरी क्षेत्र यात्रिब नगरको एक गाउँमा शुक्रबार राति उनीहरुले सो आक्रमण गरेका थिए । त्यस क्रममा आइएसले कम्तीमा आठ जनाको हत्या गरेको बताइएको छ ।

सो आक्रमणमा परेर अरु १० जना नराम्ररी घाइते भएका छन् । बम लागेर घाइते भएका उनीहरुलाई नजिकैको अस्पताल पु¥याइएको छ । उक्त नगरको अल्बु जिल्ली भन्ने स्थानमा आइएसले यसअघि पनि आक्रमण गरी कैयौँ गाउँलेको ज्यान लिएका थिए । उक्त गाउँको एक सुरक्षा जाँच चौकीमा पनि उनीहरुले हमला गर्दा केही व्यक्ति घाइते भएको पनि बताइएको छ । (एजेन्सी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?