कारले ठक्करबाट स्कुटीमा सवार १ को मृत्यु, १ घाइते

  • ख-
  • ख+

झापामा कारले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

लक्ष्मीपुर-फूलबारी सडकअन्तर्गत बाह्रदशी गाउँपालिका वडा नम्बर ७ मा आइतबार राती पौने ९ बजे कारले स्कुटीलाई ठक्कर दिँदा स्कुटीको पछाडी सवार एक युवतीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार प्रदेश १-०-०१२ प १९४२ नम्बरको स्कुटीको पछाडी सवार सिरहाको लहान नगरपालिका घर भएकी सरस्वती मगरको घटनास्थलमै मृत्यु भएको छ।

स्कुटी चालक बाह्रदशी गाउँपालिका वडा नम्बर ७ की प्रमिता कार्की गम्भीर घाइते छिन्। उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

फूलबारीबाट लक्ष्मीपुरतर्फ आउने क्रममा सोही दिशाबाट आएको प्रदेश १-०१-० ०१ च ७२७७ नम्बरको निजी कारले स्कुटीलाई ठक्कर दिएको थियो।

प्रहरीकाअनुसार चालक इलाम जोगमाई गाउँपालिका वडा नम्बर २ का ३२ जंगबहादुर बस्नेतले मादक पदार्थ सेवन गरेर कार चलाएका थिए।

उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। (सेतोपाटी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?