हाइड्रोका कोरोना संक्रमित कामदार मृत भेटिए

  • ख-
  • ख+

पोखरा । सुपर मादी जलविद्युत आयोजनामा कार्यरत एकजना कोरोना संक्रमित कामदार झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

आयोजनाकै आइसोलेसनमा रहेका उनी सोमबार बिहान शौचालयमा झुन्डिएको अवस्थामा फेला परेको अध्यक्ष पुष्पज्योति ढुंगानाले जानकारी दिए ।

‘कन्ट्र्याक्टरको तर्फबाट काम गर्ने कामदार हो उहाँ । कम्पनीकै आइसोलेसनमा अरु साथीहरुसँगै हुनुहुन्थ्यो,’ ढुंगानाले भने, ‘अवस्था ठीकै थियो । खै के भएर हो ?’

हाइड्रोमा करिब २५० जना कामदार कार्यरत छन् । तीमध्ये हाल ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको र आइसोलेसनमा रहेको आयोजना अध्यक्ष ढुंगानाले जानकारी दिए । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्