तनहूँ । वेरोजगारी संख्या दिनानुदिन बढेसगै देशमा स्वरोगजार कसरी हुने भन्ने चिन्ताले युवा पंक्तिलाई सताईरहेको छ । शिक्षाविद् तथा जानकारहरु विद्यालयहरु वेरोजगार उत्पादन गर्ने कारखाना भए र नेपालमा प्राविधिक शिक्षाको आवश्यकता छ भन्ने बताईरहदा सरकारले सहि किसिमबाट प्राविधिक शिक्षाको पहुच पुर्याउन सकेको छैन तर नेपालका सिमित विद्यालयको प्रयासमा प्राविधिक शिक्षाको अध्ययन अध्यापन हुन केहि बर्ष अगाडि देखि शुरु हुन थालेको छ ।
तनहूँको पुरानो र नेपालकै उत्कृष्ट मध्येको एक निर्मल माध्यमिक विद्यालयमा पनि २०७५ सालदेखि सिटिभिटीको सम्बन्धनमा ३ बर्षे सिभिल ईन्जिनियरिगंको अध्ययन शुरु भएको छ । ४८ जना विद्यार्थी भर्ना लिईने उक्त बिषयमा नयाँ शैक्षिक सत्रको भर्ना खुलेसगै हामी उक्त विद्यालयका प्रधानाध्यापक गणेशचन्द्र बस्नेतसग उक्त बिषयमा कुराकानी गरेका थियोै , प्रस्तुत छ बस्नेतसग गरिएको कुराकानीः
प्रश्न नं. १ निर्मल माध्यमिक विद्यालयले प्राविधिक शिक्षाको कक्षा संचालन कहिलेदेखि गर्न थालेको हो पृष्ठभुमी केहि बताईदिनुस् न ।
विद्यार्थी तथा अभिभावकको माग अनुसार हामीले धेरै अगाडि देखि प्राविधिक शिक्षाको कक्षा शुरु गर्न खोेजेका थियौ । विविध कारणहरुबाट चाडै नै संचालन गर्न सकिएन ढिलै भएपनि २०७५ सालबाट ३ बर्षे डिप्लोमा सिभलि ईन्जिनियरिगंको कक्षा संचालन गर्न शुरु गरेका छौ । हामीले एक शैक्षिकसत्रमा ४८ जना विद्यार्थी पढाईरहेका छौ ।
प्रश्न नं. २ सिभिल ईन्जिनियरिगंको कक्षा संचालन गर्दै हुनुहुन्छ कस्तो छ बिद्यार्थी र अभिभावकको प्रतिक्रिया ?
पहाडी भेगमा तराईको जस्तो प्राबिधिक शिक्षाप्रति रुचि कमै होकि जस्तो लाग्छ तर पनि पछिल्लो समयमा नेपालको शिक्षा रोजगारीको लागि त्यति उपयोगी हुन नसकेको कारणले होला प्राविधिक शिक्ष्षप्रति एकदमै रुचि बढेको पाएको छु मैले । निर्मल मा.िवि. मा अध्ययन शुरु भएदेखि बिद्यार्थीहरुमात्र होईन अभिभावकहरु पनि चासो व्यक्त गर्नुहुन्छ । प्राविधिक शिक्षाको महत्व बुझेर नै हुनुपर्छ आकर्षण पनि बढ्दै गईरहेको छ । अझ प्राविधिक शिक्षाको महत्वलाई जनमानसमा पुरयाउनु पर्ने आवश्यकता रहेको र स्थानीय तहले बिशेष ध्यान दिनुपर्छ भन्ने मलाई लागेको छ ।
प्रश्न नं.३ सानो शहर दमौलीमा कस्तो छ प्राविधिक शिक्षा अध्यापनको प्रबन्ध, के दमौलीको मेनपावरले कक्षा चलाउन सम्भव छ ?
दमौलीमा जनशक्तिको अभाव नै छैन , यहाँ पनि अध्यापन गराउन सक्ने थुप्रै जनशक्तिहरु रहेका छन् । विभिन्न स्थानहरुमा जागिर खाने कन्सल्टेन्सिचलाउने राम्रा राम्रा अध्यापकहरु भएको कारणले जनशक्तिको अभाव कत्तिपनि खट्केको छैन । हाम्रो अब्जर्भेशन र विद्यार्थीहरुको प्रतिक्रिया बुझ्दा सानो शहर भएपनि हामीले निर्मल मा.वि.बाट अब्वल प्राविधिक शिक्षा दिईरहेका छौ ।
प्रश्न नं.४ अझै पनि प्राविधिक शिक्षाको महत्व बुझ्न र बुझाउन गारो छ यस्का फाईदा र बेफाईदाहरुको बारेमा बताउनुहोस् न ।
प्राविधिक शिक्षाको महत्व त मैले बताईरहन नै नपर्ला किनकी अहिले प्रत्येक विद्यार्थी र अभिभावकले यस्को महत्व विस्तारै बुझ्दै आईरहनुभएको छ । बिशेष गरि प्राबिधिक शिक्षा बोलेर खाने भन्दा पनि गरि खाने शिक्षा हो । सिप हुन्छ हातमा रोजगारी साथमा । रोजगारीको बढि नै अबसर, विभिन्न परियोजनामा काम पाउने अबसर, ब्यक्तिगत कन्सल्टेन्सि खोल्न मिल्ने आदि भएकोले म एकपटक निर्मल मा. वि. मा आएर हाम्रो भौतिक संरचना, हाम्रो शैलि, हाम्रो तरिका बुझिदिएर विद्यार्थी तथा अभिभावकलाई गुणस्तिरिय प्राविधिक शिक्षा निर्मल मा.वि.बाट लिन आग्रह गर्दछौ ।









