कास्कि । नेकपा एमालेको भातृ संगठन गण्डकी प्रदेश युवा संघले आजको आन्दोलनलाई मध्ये नजर गरेर स्वास्थ्यको पनि ख्याल राखेर स्वास्थ्य मापदण्डलाई सक्दो मध्यनजर गर्दै आन्दोलन गर्ने प्रतिवद्धता जनाएको छ । आज कास्कीमा रहनु युवासंघका केन्द्रिय नेताहरू र संगठनको गतिबिधीमा लाग्नु हुने जिल्लाका कमरेडहरू स्थाई कमिटि सदस्य एवम् सम्पुर्णलाई PCR जाँच गरिने पनि जनाईएको छ ।
शेरबहादुर देउवा सरकारले आफ्नो सरकार टिकाउन अनेक प्रकारका अध्यादेश ल्याएको कारणले आन्दोलन अपरिहार्य भएकोले कोरोना महामारी कोभिड १९ को प्रकोेप नफैलियोस् भनेर सबैको PCR परिक्षण गर्न लागेको आयोजकले बताउनुभएको छ ।
आन्दोलनमा सहभागी हुन लाग्नुभएका व्यक्तिहरुलाई नयाबजार प्रदर्शनी केन्द्रमा पिसिआर जाँचगर्ने ब्यवस्था मिलाईएको गण्डकी प्रदेश कमिटि जनाएको छ । PCR जाँच गर्दा पोजेटिभ आएका नेता तथा कार्यकर्तालाई होम आईशोलेसनमा राखिने र अन्य नेता तथाकार्यकर्ताहरु आन्दोलनमा सरिक हुने जनाएको छ ।देउवा सरकाले ल्याएको अध्यादेशको विरुद्ध नेकपा एमालेको भातृ संगठन युवा संघले देशभर आन्दोलनको घोषणा गरेको छ ।








