काठमाण्डौका उत्कृष्ट कलेजको शिक्षा मादिश्रीले दमौलीमा नै दिने बाचा

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नंं. १ गल्बुबेसीमा रहेको मादीश्री आवासिय माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापनका संचालन भएको छ । काठमाण्डौ लगायतका विभिन्न स्थानहरुमा आफ्नो कुशल व्यवस्थापकिय शैली देखाउनुभएका बिष्णु बहादुर खड्काको नेतृत्वमा उक्त विद्यालयमा यसै शैक्षिक सत्रदेखि कक्षा ११ को कक्षा पनि संचालन गर्न लागिएको हो ।
‘नयाँ व्यवस्थापनसगै विद्यालयले प्लस टुको शिक्षा लिनको लागि अन्य विद्यालयमा जानु नपरोस् र दमौलीमा नै राम्रो शिक्षा पाईयोस् भन्ने मनसायका साथ यसै शैक्षिक सत्रबाट Hotel Management, Computer Science, Business Studies, र Tourism & Mountaineering को कक्षा संचालन पनि गर्न लागिएको ” उक्त विद्यालयका प्रिन्सिपल बिष्णु बहादुर खड्काले बताउनुभएको छ साथै ” हामी व्यापारिक हिसावले पनि दमौलीमा नै काठमाण्डौ उत्कृष्ट कलेजहरुको जस्तै शिक्षा दिन सकिन्छ भन्ने दृढ निर्णयका साथ काठमाण्डौकै एडुकेशन फाउण्डेशनको सहकार्य र समन्वयमा गुणस्तरिय शिक्षा दमौलीमा नै दिनेछौ” पनि उहाँले बताउनुभएको छ ।
काठमाण्डौ उपत्यकाको ललितपुरमा रहेको क्यारेवियन एण्ड क्यास्पियन एडुकेशन फाउण्डेशनको व्यवस्थापकिय सहयोगमा संचालन हुन लागेको कलेजका प्रिन्सिपल बिष्णु बहादुर खड्का क्यास्पियन भ्यालि कलेज, ललितपुरको संस्थापक प्रिन्सिपल हुनुहन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?