सत्यवति मा.वि.को अध्यक्षको चुनावी अभियानमा करुण काफ्लेद्धारा अपिल

  • ख-
  • ख+

तनहूँ । नेपालकै उत्कृष्ट मध्येको एक व्यास नगरपालिका वडा नं. २ मा रहेको सत्यवति माध्यमिक विद्यालय व्यवस्थापन समितिको चुनाव रोचक मोडमा आईपुगेको छ । सदस्यहरु सर्वसम्मत चयन भईसकेपनि अध्यक्ष सर्वसम्मत हुन नसक्दा चुनाव नै हुन सक्ने आंकलन धेरैको रहेको छ । १८ सय अभिभावक रहेको उत्तः विद्यालयमा कोरोना महामारीको समयमा चुनाव गराउन सहज नहुने र सधै वडा अध्यक्षले अध्यक्ष भएर विद्यालय संचालन गर्दा विद्यायलको बिकासमा ध्यान पुर्याउन नसक्ने हुदाँ जसरी हुन्छ कि त सर्वसम्मत गराउनुपर्ने नत्र चुनाव नै गराउनुपर्ने बाध्यता आईपरकोछ ।
आफुलाई एकसे र्एक योग्य उमेदवार घोषणा गर्दै उक्त विद्यालयका ४ जना अभिभावकहरु करुण राज काफ्ले, , सुरेश वाग्ले, सूर्य लम्साल र माधव अधिकारीले अध्यक्ष पदमा उमेदवारी दिनुभएको छ ।
यसै क्रममा करिब ८ बर्षसम्म विद्यालयमा अध्यापन गराईसक्नुभएका शिक्षक करुण राज काफ्ले आफु विद्यालय उन्नति प्रगतिको लागि योग्य सम्झदै अभिभावकको नाममा विज्ञप्ति जारि गर्नुभएको छ ।
विज्ञप्तिमा उहाँले आफु लामो समयसम्म उक्त विद्यालयमा शिक्षकको रुपमा रहदाँ शिक्षक, विद्यार्थी र अधिधावकका के कस्ता समस्याहरु छन् थाहा भएको , विद्यालयलाई प्रविधिमैत्री बनाउन, भौतिक संरचना सुधार्न के गर्न सकिन्छ भन्ने ज्ञान भएकोले यस पटक अधयक्ष बनाउनको लागि सम्पूर्ण अभिभावकले आफुलाई साथ दिनुहुनेछ भन्ने विश्वास राखेको विज्ञप्तिमा जनाउनुभएको छ साथै उहाँले देृशकै नमुना विद्यालयमध्येको यस विद्यालयलाई आफ्नो काष्र्यकालमा देशकै पहिलो नमुना सवद्यालय बनाउन आफु अग्रसर हुने पनि जनाउनुभएको छ ।

प्रेस विज्ञप्ति

आदरणीय अभिभावक ज्यूूहरु
श्री सत्यवती मा.वि. दमौली, तनहूँ ।

म करुण राज काफ्ले यस श्री सत्यवती मा.वि.को पूूर्व विद्यार्थी ,पूूर्व शिक्षक तथा हालको अभिभावक भएको नाताले हाल यस विद्यालयमा गठन हुुन लागेको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा उमेद्धारी दिएको कुुरा जानकारी गराउँछुु । विगतमा लामो समयसम्म यसै विद्यालय भित्र रहेर शिक्षकको रुपमा कार्य गर्दा यहाँ विद्यमान समस्याहरु राम्रो संग बझ्ने मौका पाएको थिएँ । विगतमा विद्यालय गतिविधि सहज तरिकाले सञ्चालन भएको भएता पनि हालको अवस्थामा पुुरै विश्व लाई नै प्रभावित पारेको कोरोना माहामारीले गर्दा विद्यार्थीहरुले, प्रत्यक्ष रुपमा कक्षाकोठामा शिक्षकको निगरानीमा रहेर पढ्न पाएका छैनन् । यस्तो अवस्थामा विद्यालयले सञ्चालन गरेको अनलाइन शिक्षण कार्यक्रम प्रशंसनिय छ । तर यस भित्र पनि विद्यार्थी, शिक्षक तथा अभिभावकहरुका आ आफ्नै विभिन्न किसिमका समस्याहरु छन् भन्ने मलाई राम्ररी थाहा छ । त्यसैले अनलाइन शिक्षण कार्यक्रम सञ्चालन गर्दाका क्रममा देखिएका समस्याहरुको हल गर्ने र प्रविधि मैत्री शिक्षण नै हालको मुुख्य आवश्यकता रहेकोले यसैमा जोड दिई विद्यार्थीहरुको अध्ययन कार्यमा रुचि बढाउने साथै शिक्षकको हौसला बढाउने मेरो लक्ष्य रहेको छ । कमजोर आर्थिक अवस्थाका कारण अनलाइन शिक्षणमा जोडिन नसकेका विद्यार्थीहरु लाई पढ्न पाउने अधिकार बाट वञ्चित हुन नदिन विशेष कार्यक्रम ल्याउने लक्ष्य राखेको छु । यसै गरि विद्यालय खुुलेको अवस्थामा पनि सामाजिक दुुरी कायम गरि अध्ययन अध्यापन गर्नुु पर्ने अवस्थामा विद्यार्थीको चाप, साँगुुरो विद्यालय परिसर, अव्यवथित शौचालय आदि चुुनौतिको रुपमा रहेका छन् । यी समस्याको समाधान गर्नका लागि आवश्यक भौतिक पुुर्वाधार निर्माणमा जोड दिने मेरो लक्ष्य हो । मैले राखेका यी लक्ष्यहरुमा अडिग रहि सर्वोत्तम ढंगले शैक्षिक गतिविधि सञ्चालन हुने वातावरण बनाई अभिभावकलाई सन्तुुष्ट बनाउन सकिन्छ भन्ने मेरो बुुझाई रहेको छ । व्यक्तीगत स्वार्थ भन्दा माथि उठेर यस नमुना विद्यालयलाई राष्ट्रकै सर्वोत्कृट नमुना विद्यालय बनाउने मेरो लक्ष्यलाई पुरा गर्नको निम्ति मलाई साथ दिनुहुन आदरणीय अभिभावक ज्यूूहरु समक्ष हार्दिक अपिल गर्दछु ।

करुण राज काफ्ले
(अध्यक्ष पदको उमेदवार, सत्यवती मा.वि., व्यास २)
(श्री सत्यवती मा.वि.को पूूर्व विद्यार्थी ,पूूर्व शिक्षक तथा हालको अभिभावक)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?