पुलबाट हाम्फालेर एक पुरुष वेपत्ता

  • ख-
  • ख+

चितवन । चितवन र नवलपुर जोड्ने नारायणी पूलबाट हाम्फालेर एक पुरुष वेपत्ता भएका छन् । पुलमा भेटिएको व्यागभित्र नागरिकताको फोटोकपी, बसको टिकट फेला परेको थियो ।

सोही कागजपत्र अनुसार हामफाल्ने दाङ तुलसीपुर ४ का ४५ वर्षीय अन्तुलप्रसाद गुप्ता रहेको प्रहरीले जनाएको छ ।

चितवन प्रहरी प्रवक्ता सूर्यबहादुर थापाले विहान करिव ७ बजे हाम्फालेको सूचना पाएलगत्तै उनको खोजी भइरहेको बताए । प्रहरीको विपद् उद्वार सहितको टोलीले नारायणीमा खोजी जारी राखेको बताए । (नेपाल प्रेस)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?