अनाथ तथा विपन्न नेपाली बच्चाहरुलाई सहयोग जुटाउन साहिल कैनी लण्डन म्याराथनमा सहभागी हुदै

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं १२ कमलवारी घर भई लण्डनमा बसोबास गर्नुहुने शाहील कैनी नेपालका सिमान्तकृत तथा बिपन्न परिवारका बच्चा र अनाथ बच्चाहरुको सहयोगको लागि वेलायतको राजधानी लण्डनमा म्याराथनमा सहभागी हुन लाग्नुभएको छ । कैनीले नेपालमा रहेको गैरसरकारी संस्था Kids First Nepal को लागि सहयोग जुटाउन 3rd October 2021 मा लन्डनमा हुने म्याराथनमा सहभागी हुन लाग्नुभएको हो ।

उक्त म्याराथमा सहभागी भई Kids first Nepal को लागि £ 3000 सहयोग जुटाउन कैनी लागि पर्नुभएको छ । यसभन्दा अघि पनि सन् २०१९ को म्याराथनमा भाग लिई कैनीले £3000 अर्थात् ५ लाख रुपैयाँभन्दा बढि रकम संकलन गरी Kids first Nepal को लागि सहयोग जुटाईसक्नुभएको छ ।

शाहील कैनीलाई सहयोग गरि उहाँको हौसला बढाउन र उहाँको अपेक्षा अनुसार £3000 सहयोग जुटाउन कृपया तलको लिंकमा क्लिक गरी सहयोग गर्न सकिने छ ।
https://virginmoneygiving.com/fund/shahil-kfn

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्