मृर्गौला रोगीलाई सहयोग

  • ख-
  • ख+

तनहूँ । मंसिर १३ । भानु नगरपालिका वडा नं ५ मैवलका मृर्गौला रोगी सुब्बा खत्रीलाई वहाँका छोरा देवेन्द्र खत्रीका साथीहरुले उपचारको लागि आर्थिक सहयोग गरेका छन् । ५५ बर्षिय खत्री दुवै मृर्गौला काम गर्न छोडेपछि रोगाएर विगत ९ महिनादेखि पोखराको फिस्टेल अस्पतालमा उपचार गराईरहनभएको छ ।

आर्थिक अवस्था कमजोर भएका खत्रीका छोरा वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा भएपनि सगै पढेका साथीहरु मिलेर वहाँलाई १६ हजार ५ सय आर्थिक सहयोग गर्नुभएको हो । त्यसरी सहयोग गर्नेहरुमा सन्जिब खाती, मिलन श्रेष्ठ, नवीन बस्नेत, ममिला बिष्ट, राम थापा, राधिका नेपाली, बिष्णु खड्का र मिरु खड्का रहनुभएको छ ।
साथीको बुबा बिरामी भएको थाहा पाएर साथीहरु मिलेर आर्थिक सहयोग गर्न पाउदा खुशी लागेको र अझै अरु सहयोगी मनहरुलाई पनि सहयोग गरिदिनुहुन विदेशमा रहनुभएका देबेन्द्र खातिका सहपाठी नविन बस्नेतले सबैलाई अपिल गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्