दमौलीकी मुन्नी खातुन हज समितिको सदस्यमा नियुक्त

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं ४ दमौलीकी मुन्नी खातुन हज समितिको सदस्यमा नियुक्त हुनुभएको छ । नेपाल सरकारको २०८० बैशाष २४ गतेको निर्णय अनुसार खातुन २ बर्षको लागि हज समितिको सदस्यमा नियुक्ति हुनु भएको हो ।
विभिन्न संघ संस्थामा आवद्ध खातुन हज समितिको सदस्य नियुक्त भएपश्चात आफुलाई मुस्लिम समाज र देशप्रति काम गर्न अझै प्रेरणा मिलेको बताउनुभएको छ ।

पाल्पाका इश्रामुल्ला मियाँको अध्यक्षतामा गठन भएको हज समितिमा खातुनसहित देशभरका १४ जिल्लाबाट २५ सदस्यीय समितिमा पाँच महिला र २० पुरुष सदस्य नियुक्त हुनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?