नेकपा एमाले तनहुँको १० औं जिल्ला अधिवेशन शुक्रबारबाट शुरु

सर्वज्योति
  • ख-
  • ख+

२८ । बैशाष । तनहुँ । नेकपा एमाले तनहुँको १० औं जिल्ला अधिवेशन शुक्रबारबाट शुरु भएको छ । उक्त अधिवेशनको नेकपा एमालेका महासचिव शंकर पोखरेलले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो । अधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरेलले समाज बदल्ने कुरामा हामी शिथिल भएको कारणले पार्टी कार्यकर्ताले आफ्नौ शैली बदल्न जरुरी रहेको बताउनुभएको थियोे । साथै तनहुँमा पछिल्लो समय पार्टी पंक्तिको सकृयता घटेकोमा सबैले मनन गर्नुपर्ने पनि बताउनुभएको थियो ।

कार्यक्रममा नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ्ग, गण्डकी प्रदेश ईन्चार्ज एवं नेकपा एमालेका सचिव गोकर्ण बिष्ट, नेकपा एमालेकी सचिव पद्मा अर्याल, स्थायी कमिटी सदस्य किरण गुरुङ , गण्डकी प्रदेशका मुख्यमन्त्री एवं स्थायी कमिटी का सदस्य खगराज अधिकारी, पोलिटव्युरो सदस्य टुकराज सिग्देल, केन्द्रीय सदस्य एवं तनहुँ ईन्चार्ज तिलक महत, केन्द्रीय सदस्य तथा माननिय भगवती न्यौपाने, केन्द्रीय सदस्य सविता रसाईली लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो । २ दिनसम्म चल्ने अधिवेशनमा सहभागी ५८३जना जिल्ला प्रतिनिधिले नेकपा एमाले तनहुँको नयाँ नेतृत्व चयन गर्नेछन् ।
कार्यक्रम जिल्ला अध्यक्ष श्री प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको थियोे ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्