सत्य शक्ति भगवानको जन्मोत्सवको तयारी

  • ख-
  • ख+

तनहूँ । मंसिर १४ । बन्दिपुर गाउपालिका वडा नं. १ डुम्रेबजारमा रहेको श्री शत्य शक्ति दैव्यू भगवानको मन्दिरमा मंसिर १५ गते पुर्णिमाका दिन भगवान् शत्य शक्तिको .जन्मोत्सव मनाईदैछ । उक्त दिन सबै भक्तजनहरु भेला भई सत्य शक्ति, महाशक्ति, सर्वशक्ति दैव्यू भगवान् सत्यशक्ति भगवानको लागि पुजापाठ गरिने उक्त मन्दिरको संहार तथा व्यवस्थापन गर्दै आउनुभएकी गुरुमा लक्ष्मी बाँनिया बताउनुहुन्छ ।


वाग्मती प्रदेशको भक्तपुर सल्लाघारीमा मुख्य मन्दिरका प्रमुख श्री सत्यशक्ति दैव्यू भगवानको जन्मोत्सव प्रत्येक बर्ष कार्तिक महिनाको पुर्णिमामा मनाउने गरिएकोमा यस बर्ष मलमास परेको हुनाले यस बर्ष नेपाल तथा विदेशमा मंसिर महिनाको कार्तिक शुक्लपुर्णिमाको दिनमा मनाईएको डुम्रे स्थित शत्य शक्ति मन्दिरकी भक्तहरु लक्ष्मी गौतम र सुजिना बाँनियाले बताउनुभयो । नेपालका विभिन्न स्थानहरुमा रहेको यस मन्दिरका शाखाहरुमा पनि भव्य रुपमा जन्मोत्सव तयारी भईरहेको छ । त्यस्को लागि भक्तजनहरु चोखो बसि मन्दिरमा गई पुजाआजा गर्ने त्यसो गरेको खण्डमा आफ्नो मनोकामना पुरा हुने बताउनुहुन्छ यस सत्यशक्ति भगवानकी भक्त सुजिना बाँनिया ।


२०६४ सालमा स्थापना भएको मन्दिरमा प्रत्येक दिन पुजा पाठ, आराधना हुने र मानिसहरुको श्रद्धा र विश्वास गर्दा सबैको राम्रो भईरहेको आगामी दिनमा पनि राम्रो हुने उक्त मन्दिरकी पुजारी तथा गुरुमा लक्ष्मी बाँनियाको विश्वास रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्