तनहूँ । तनहूँमा दिनका दिन खबर आईरहन्छ पार्टी प्रवेशको कहिले नेकपा प्रवेश गर्ने टोलीको समाचार त कहिले नेपाली कांग्रेस प्रवेश गर्ने टोलीको समाचार , यसरी दिनका दिन समाचारहरु आईरहदा पार्टी प्रवेश कार्यक्रम गर्दा गर्दै जिल्लाको जनसंख्याभन्दा बढि मतदाताहरु विभिन्न पार्टी प्रवेश गरिसक्ने हुन् कि भन्ने आम बुद्धिजिवीहरुले आशंका गरेका छन् त्यसैबिच आज पनि भानु नगरपालिका–१ नयाँबस्ती,गन्धर्वटोल २५ जनालाई नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ । । वहाँहरु प्रवेश गरेसँगै नयाँबस्ती नेकपा मुक्त बनेको पार्टी प्रवेश कार्यक्रममा जानकारी दिईयो । भानु नगरपालिका –१ कै साखेटारमा २६ जना, भन्सार १४ जना र बाँकी वडा नम्बर ३ का गरी ८० जना भन्दा बढी नेकपा परित्याग गरेर नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको हो । । वडा नम्बर १ का नेकपाका वडा कमिटी सदस्य तुलबहादुर गुरुङ सहितको टोली नेपाली काँग्रेसमा प्रवेश गरेको छ । उक्त कार्यक्रम गन्धर्व सास्कृति समाजका अध्यक्ष एकबहादुर गन्र्धवको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
उक्त कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री शंकर भण्डारीले कम्युनिष्टका कारण देश बर्बादीमा धकेलिएको बताउनुभएको छ सो कुरा भण्डारीले भानु नगरपालिकोको नयाँबस्तीमा पाटी प्रवेश कार्यक्रमका बताउनुभएको हो । मुलुक र जनताको हितमा भन्दा व्यक्तिगत स्वार्थमा लागेकोले कम्युनिष्ट सरकार प्रति जनता आजित भएको भण्डारीको भनाई थियो । युवा तरुणहरुलाई कम्युनिष्टको भ्रममा नपर्न पनि उनले आग्रह थियो ।

कार्यक्रममा नेका महासमितिका सदस्य रामचन्द्र अधिकारी, आनन्दराज त्रिपाठी, महाधिवेशन प्रतिनिधी समुन्द्र गोदार, पूर्व महाधिवेशन प्रतिनिधी धुव्र प्रधान, जिल्ला सदस्य उत्तम लोहनी, लगायतले बोलेका थिए ।