दमौली, साउन २२ — तनहुँको बन्दीपुर गाउँपालिका–५ निवासी चिजमाया मगरको उपचारमा आर्थिक अभाव भएपछि परिवारले सहयोगका लागि सबैसँग अपिल गरेको छ।
विगत १२ वर्षदेखि मुटुसम्बन्धी समस्याबाट पीडित मगर नियमित औषधि सेवन गर्दै आउनुभएको थियो। करिब सात महिनाअघि उहाँको दुवै मिर्गौलाले काम गर्न छाडेपछि नियमित डायलसिस गराउँदै आएको परिवारले जनाएको छ।
हाल उहाँको उपचार चितवनस्थित चितवन मेडिकल कलेजमा भइरहेको छ। उपचारका क्रममा ठूलो आर्थिक भार परेको र परिवारको आर्थिक अवस्था कमजोर भएकाले थप उपचारमा कठिनाइ भइरहेको छोरा सुजन थापाले जानकारी दिनुभयो।
परिवारका अनुसार उपचारमा हालसम्म ठूलो रकम खर्च भइसकेको छ भने आगामी उपचारका लागि समेत पर्याप्त रकम आवश्यक पर्ने भएकाले सहयोगको याचना गरिएको हो।
परिवारले मानवीय सेवाभाव भएका व्यक्ति, संघसंस्था तथा शुभेच्छुकहरूलाई छोरा सुजन थापाको बैंक खातासँग जोडिएको क्यूआर कोडमार्फत स्वेच्छिक आर्थिक सहयोग गरिदिन हार्दिक अनुरोध गरेको छ। परिवारले सानो–सानो सहयोगले पनि बिरामीको उपचारमा ठूलो राहत पुग्ने विश्वास व्यक्त गरेको छ।

श्रोत: डिपि अधिकारी









