तनहूँ । व्यास नगरपालिका वडा नं. १० का अध्यक्ष तुलसीराम सापकोटा सापकोटाले आफ्नो ५४ औं जन्मदिनको अवसर पारेर व्यास नगरपालिका वडा नं. १० सेवरको सर्वज्योति मा.वि.लाई १५ हजार ५ सय ५५ रुपैया हस्तान्तरण गर्नुभएको छ । उक्त रकम वडा अध्यक्ष सापकोटाले विद्यालयको ३९ औं बार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्तममा हस्तान्तरण गर्नुभएको हो । उक्त रकम हस्तान्तरण गर्दै वडा अध्यक्ष सापकोटाले सामुदायिक विद्यालय सुधार गर्ने आफ्नो लक्ष्य अनुसार अक्षयकोष स्थापनामा सहयोग पुगोस् भन्ने हेतुले उक्त रकम हस्तान्तरण गरेको बताउनुभएको थियो । उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन तिमल्सेनाले वडा अध्यक्ष सापकोटाले जन्मदिनमा खर्च नगरिकन विद्यालयलाई सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । वडा अध्यक्ष सापकोटाले विद्यार्थीहरुलाई चकलेट तथा मसलन्द सामाग्रीहरु पनि हस्तान्तरण गर्नुभएको थियो ।