काठमाडौं — ई. श्रीराम न्यौपाने अध्यक्ष रहेको मेगाटेक हाइड्रो एण्ड इन्फ्रास्ट्रक्चर प्रा. लि. ले विपदको समयमा पीडित नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५ लाख ५५ हजार ५ सय ५५ सहयोग उपलब्ध गराएको छ।

कम्पनीले प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरेको हो।

“विपदमा पीडितको साथ बनौँ, पुनर्निर्माणमा हातेमालो गरौँ” भन्ने भावनाका साथ सामाजिक उत्तरदायित्व निर्वाह गर्दै मेगाटेक हाइड्रो एण्ड इन्फ्रास्ट्रक्चरले उद्धार तथा राहत कार्यमा आफ्नो योगदान गरेको जनाएको छ।

कम्पनीका अध्यक्ष ई. श्रीराम न्यौपानेले विपद कुनै व्यक्ति, संस्था वा समुदाय विशेषको मात्र समस्या नभई समग्र समाजको साझा चुनौती भएकाले यस्तो अवस्थामा सबै क्षेत्रबाट सक्दो सहयोग र सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

उनले विपद्का बेला मानवीय संवेदनालाई प्राथमिकतामा राख्दै निजी क्षेत्रले समेत राज्यका राहत तथा पुनर्स्थापना अभियानमा हातेमालो गर्नुपर्ने बताए।

कम्पनीद्वारा उपलब्ध गराइएको रु. ५,५५,५५५/- (अक्षरेपी पाँच लाख पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँ मात्र) सहयोगले विपद प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा केही हदसम्म भए पनि योगदान पुग्ने विश्वास गरिएको छ।

तनहुँ क्षेत्र नं २ का सांसद समेत रहनुभएका ई. न्यौपानेले यसअिघ नै २ महिनाको सांसदको तलब समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने स्वघोषणा गरिसक्नुभएको छ ।

“मानवीय सेवामा एक कदम अघि-विपदमा पीडितसँग मेगाटेकको साथ।”

Screenshot