तनहूँ । भानु नगरपलिका वडा नं। ९ स्थित खारपानीमा २०७२ साल वैशाख १२ गतेको महाभुकम्पले पूर्णक्षति पुर्याएको गुम्बाको पुनः निर्माणको सिलन्यास भएको छ ।

महाभुकम्पले पुर्णक्षति बनाएको उर्गेन छ्योलिङ्ग बौद्ध गुम्बा को भानु नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष श्री निलन संजिवा श्रेष्ठले आईतवार एक कार्यक्रमका बिच शिलन्यास गर्नुभएको हो ।
उक्त गुम्बा पुननिर्माणको लागी गुम्बा पुननिर्माण प्राधिकरणबाट ३० लाख ९७ हजार र भानु नगरपालिकाबाट १ लाख ५० हजार बजेट विनियोजन भएको र स्थानियको लागत साझेदारीमा कुल ४४ लाख ६६ हजारमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिईएको छ ।

गुम्बा निर्माण समितिका अध्यक्ष पञ्च लामाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा पुननिर्माण प्राधिकरणका प्रमुख श्री जयप्रकाश गुप्ता, प्राधिकरणका ईन्जिनियर विराट थापा साथै भानु नगरपालिका वडा नं. ९ का समाजसेवीहरु हरिकृष्ण श्रेष्ठ, मिन बहादुर गुरुङ्ग, गणेशमान श्रेष्ठ, कृष्णराज धमनिया, लिलराज पाण्डे, दिर्घराज पाण्डे, वडा सदस्य रुद्रनिधी भण्डारी, पुर्कोट प्रहरी चौकीका प्रतिनिधी नेत्र बहादुर खड्का र उक्त गुम्बाको प्रमुख लामा सन्त बहादुर लामा लगायत अन्य स्थानियहरुको सहभागीतामा रहेको थियो ।
उक्त गुम्बाले समग्र भानु नगरपालिकाकै धार्मिक, साँस्कृतीक र पर्यटकिय क्षेत्रमा समेत योगदान पु¥याउने भएकोले गुम्बा पुनः निर्माणको लागी स्थानियहरु सक्रियतासगै धेरै बर्षपछि गुम्बाको शिलन्यास भएको हो । गुम्बा निर्माण चाडै सम्पन्न हुने र यसक्षेत्रमा धार्मिक पर्यटकहरुको आगमन हुने स्थानियहरुको भनाई रहेको छ ।

(भानु नगरपालिका वडा नं. ९ रानिपानीका श्रवण श्रेष्ठको सहयोगमा तयार पारिएको समाचार)