कीर्तिपुर । कीर्तिपुरका आराध्यादेव धुंम्बा आजु द्यो बाघभैरव जात्रामा विशेष प्रदर्शनीमा राखिने हाथ्वं भैरवको मूर्ति लाइ भव्य रुपमा स्वागत गराएको छ ।
गुँदे दापा खलःको विशेष अग्रसरता हाथ्वं भैरवको मुर्ति बनाउने कार्य पूर्णता पाएपछि असार १३ गते शनिबार विशेष पुजाआजा पश्चात कालीगढकाहरूलाई गुँदे दापा खलःको अध्यक्ष अशोक महर्जनले विशेष सम्मान गरि कीर्तिपुर ल्याइएको थियो ।
धिमे, बाँसुरी, खिँ बाजा लगायतका सांस्कृतिक बाजागाजा सहित भक्तपुरको थिमी हुँदै ललितपुरको हात्तिबनबाट कीर्तिपुर प्रवेश गराइएको हाथ्वंभैरव अवलोकन गर्न उल्लेख्य मात्रा भक्तजनहरुको उपस्थिति रहेको थियो ।
मध्यपुर थिमीका कुशल मूर्तिकार गणेश कुमार प्रजापतिद्वारा निर्माण गरिएको सो मूर्ति पुर्णता ल्याउनमा धुलिखेलका मुर्ति कलाकार दिनानाथ घोलीको पनि महत्वपूर्ण योगदान रहेको थियो ।
आज भन्दा करिब १२ बर्ष अगाडि अर्थात वि.स. २०७० साल बाघभैरवको मुर्ति जिर्णाद्वारका क्रममा ताम्रपत्र अभिलेख फेला परेको आधारमा हाथु भैरवको मुर्ति निर्माण कार्य शुभारम्भ गरिएको थियो ।
बाघभैरव जात्रामा स्वर्ण शक्तिभैरव मुर्ति प्रदर्शनका साथै समयबजि र हाथ्वं भैरवकोे मुखबाट थ्वं हायेकेगु (प्रसाद) वितरण गरिने चलन रहेको जानकारी गराए । उहाँको योगदान नेपाली सांस्कृतिक सम्पदाको संरक्षणमा सधैं स्मरणीय रहनेछ।
दुईबर्षको अथक प्रयास पश्चात अन्ततः कलात्मक रूपमा करिब १०फिट अग्लो हाथ्वं द्यः मुर्ति कीर्तिपुर प्रवेश गराउन पाउँदा कीर्तिपुरबासी हर्षित बनेका छन् ।
हाथ्वं द्यः स्थापनामा पूर्णता पाए पछि प्रत्येक बर्ष भाद्र १ गते सिंह संक्रान्तिका दिन बाघ भैरव जात्राको विशेष अवसरमा स्वर्ण शक्तिभैरव मुर्ति प्रदर्शनीका साथै समयबजि र हाथ्वं द्यः भैरवको मुखबाट थ्वँ हायेकेगु (प्रसाद) वितरण कार्यले समेत पुर्णता पाउने भएको छ ।
यस कार्य सम्पन्न गर्न बाघभैरव मुर्ति जिर्णाद्वार समितिका अध्यक्ष शुद्वरत्न महर्जन, रामप्रसाद महर्जन, रत्नकुमार महर्जन, शिव महर्जन लगायत सम्पूर्ण चन्दा दाताहरूको अहम् भूमिका रहेको थियो । स्थानीय जनसहभागिता, भक्तजनहरुले दिएको चन्दा संकलन गरेर हाथ्वं द्यः स्थापना सम्पन्न भएकोमा सांस्कृतिक पुनः जागरण हुने देखिएको छ ।
यसका साथै हाथ्वं भैरव स्थापनार्थ भएको आय व्यय तथा खर्च विवरण र थप बाँकी रहेको कार्य सम्पन्न गर्नका लागि गुँदेय् दापाः खलःले हिसाब सार्वजनिक गरेको छ ।
कीर्तिपुरका आराध्यदेव बाघभैरवको जात्रा प्रत्येक बर्ष भाद्र १ गते दिन लागि ८४ पाथी चामल को थ्वं र समजबजि प्रसाद वितरण का लागि अक्षय कोष १५,००,०००रुपैया (अक्षेरुपी पन्ध्र लाख रुपैया) को व्यवस्था गर्ने जानकारी गराइएको छ ।
आम्दानी र खर्च विवरण यस प्रकार छ।
आम्दानी
हाथ्वं भैरवको मुर्ति बनाउन नगद चन्दा संकलन रु.२१,४२,४४३ (अक्षरेपि रुपैयाँ एक्काइस लाख बयालिश हजार चार सय त्रिचालिश) रुपैया ।
ब्याज १९०२३.४२
हाथ्व भैरव बनाइएको मुर्तिमा चढाइएको २४,०९६ रुपैया (अक्षरेपी चौबिश हजार छयानब्बे रुपैया)
सो हाथ्व भैरव बनाउनका लागि थप भाडा कुडा (भाडाकुडा) संकलन बाट २,२८,५०० रुपैया (अक्षरेपी रुपैयाँ दुई लाख अठ्ठाईस हजार पाँच सय रुपैया) ,
देवता बनाएको लिनका लागि प्रतिे व्यक्तिबाट ४ सय रुपैया गरि
जम्मा २४,४२,०६१.४२ रुपैया ( अक्षेरुपी चौबिस लाख बयानब्बे हजार एकसठ्ठी सय बयालिस रुपैया)
खर्च
देवता ढालिएको ५,८०,८४६ रुपैया (अक्षरेपी पाँच लाख असी हजार, आठसय छयासी रुपैया)
थप तामा ७८,००० रुपैया (अक्षरेपी अठहत्तर हजार रुपैया)
बुट्टा कुदने कार्य ५,७५,००० रुपैया (अक्षरेपी पाँच लाख पचहत्तर हजार रुपैया)
हाथ्वं भैरवको गरगहना ५,००,००० रुपैया (अक्षरेपी पाँच लाख रुपैया)
लिसं व पत्ती थप १,००,००० रुपैया (अक्षरेपी एक लाख रुपैया)
ढुवानी र रंगरोगन कार्यका लागि ४७,०९५ रुपैया (अक्षरेपी सत्चालिस हजार पञ्चानब्बे रुपैया)
काठको कार्य पेश्की १,००,००० रुपैया (अक्षरेपी एक लाख रुपैया)
भैरव बहान खिचा (ढलोटको कुकुर) बनाउन पेश्की ५०,००० रुपैया (अक्षरेपी पचाँस हजार रुपैया)
बैंक मौज्दात २,८५,९४५ ४२ रुपैया (अक्षेरुपी दुई लाख पचासी हजार नौसय पैंतालिस रुपैयाँ बयालिस पैसा)
नगद मौज्दात २४,०९५ रुपैया (अक्षेरुपी चौबिश हजार पञ्चानब्बे रुपैया)
यसरी जम्मा रकम २४,४२,०६१.४२ पैसा (अक्षेरुपी चौबिश लाख बयानम्बे हजार एकसाठ्ठी रुपैयाँ बयालिश पैसा )
यस विलुप्त भई सकेको हाथ्वं (हाथु) भैरवको नयाँ मूति बनाउने कार्य पूर्णता पाउनका लागि अहिले बाँकी कार्यहरू यस प्रकार रहेको छः
हाथु भैरवकोे गहना सुन लेपन गर्नका लागि सुन ४ तोला ।
झ्याल बनाएर देवता राख्ने काम
द्वार पालको रूपमा खिचा (कुकुर) बनाउनका लागि चाहिने बाँकी १,००,००० रुपैया (अक्षेरुपी एक लाख रुपैया)
संकलन गरिएका भाडाकुडा ९३.८६ किलोग्राम
यस पुण्य कार्यमा सहयोग चाहनु हुने भक्तजनहरूले गुँदे दापा खलःका रत्न कुमार ९८४१५५११४१, शुद्ध रत्न ९८४१४७९२४४, रामप्रसाद ९८४९५५५३३९ सित सम्पर्क गरेर थप जानकारी लिन सकिनेछ ।
रिदेन मर्हजन













