अरनिको मा.वि. को अक्षयकोषलाई आर्थिक सहयोग गर्नेहरुको संख्यामा बृद्धि

  • ख-
  • ख+

प्रेम गुरुङ्ग

तनहूँ । भानु नगरपालिका वडा नं. १३ ढुलोढुगांमा रहेको अरनिको माध्यमिक बिद्यालयमा आगामी शैक्षिक सत्रदेखि आधारभुत तहमा अंग्रेजी माध्यममा पठनपाठन संचालन गर्न अपुग रकम भएपछि पुर्व विद्यार्थी मन्चले आव्हान गरेको सहयोग कार्यक्रममा सहयोग गर्ने दाताहरु थपिनुभएको छ । यसैक्रममा उक्त विद्यालयका पुर्व विद्यार्थी भानु १३ पोखरीछापका बासिन्दा हाल अस्ट्रेलिया निवासी प्रेम गुरुङ्गले २५ हजार सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ। त्यसैगरि उक्त विद्यालयका पुर्व विद्यार्थी भानु १३ खड्का गाउँबासिन्दा हाल दुवईमा कार्यरत रबिन खडकाले पनि १० हजार रुपैया सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ।

आफ्नो विद्यालय र गाँउबाट टाढा भएपनि साथीहरुले विद्यालयको शैक्षिकस्तर उकास्न र अक्षयकोष स्थापना गर्न लागेको सुनेर खुशी मान्दै मकाउमा कार्यरत उक्त विद्यालयका पुर्व विद्यार्थी भानु १३ खड्का गाउँका प्रकाश थापाले पनि १० हजार रुपैया सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको अरनिको पुर्व विद्यार्थी मन्चका अध्यक्ष गल गुरुङ्ग दिपुले बताउनुभएको छ ।
बार्षिकरुपमा १ लाख बराबरको पाठ्यपुस्तक खरिद गर्नु पर्ने र त्यसको लागि विद्यालयको आर्थि श्रोतले नसकिने भएपछि शुरु गरिएको अक्षयकोष स्थापना अभियानमा विदेशबाट मात्र हैन स्वदेशमा रहनु हुने महानुभावहरुको पनि सहयोग आउनेक्रम जारी रहेको पुर्व विद्यार्थी मंचका पदाधिकारीहरुको भनाईरहेको छ त्यसैक्रममा ब्यास नगरपालिका वडा नंं. ८ का वडा सदस्य, समाजसेवी पुलिमराङ्ग गाउँ निवासी युबराज गुरुङ्गबाट पनि ५५ हजार ५ सय ५५ रुपैया सहयोग गरिने प्रतिबद्धता जनाउनु भएको छ।
यसरी स्वदेश तथा विदेशबाट सहयोग रकम दिने क्रम बढेसगै अरनिको पुर्व विद्यार्थी मंचका पदाधिकारीहरु खुशी हुनुभएको छ र सहयोगी दाताहरुलाई विद्यालयजस्तो पवित्र मन्दिरमा सहयोग गर्न आग्रह गरिरहनु भएको छ । यसरी नै अझै सहयोग रकम प्राप्त गरे छिट्टै नै यस बर्षको लागि पाठ्यपुस्तक खरिद गर्ने र अक्षयकोष स्थापना गरि आगामी बर्षबाट उक्त अक्षयकोषबाट आएको व्याजबाट पाठ्यपुस्तक खरिद गर्दै गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई सहयोग गर्न पाउने आशा व्यक्त गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्