पन्थ दम्पत्तिबाट ७ लाखको लगानीमा सामुदायिक भवन निर्माण

  • ख-
  • ख+

तनहूँ । मानिसले चाह्यो भने समाजको लागि ठुलो योगदान गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बन्नुभएको छ व्यास नगरपालिका वडा नं. ११ तल्लो पोल्यागंका केशव पन्थ र वहाँकी श्रीमती दुर्गादेवी पन्थ ।
गाँउ, टोल समाजमा विवाह, ब्रतबन्ध, भेला, छलफल जस्ता सामाजिक कार्यहरु गर्न ठाँउको अभाव भएपछि विभिन्न सरकारी कार्यालयहरुमा बजेट माग्दा माग्दा थकित भएका तल्लो पोल्यागंका बासिन्दाको लागि वहाँहरुले एउटा सामुदायिक भवन बनाईदिनुभएको छ । पटक पटक माग राख्दा वजेट नपरेपछि वहाँहरुले आफ्ना स्वर्गीय मातापिता मोदनाथ पन्थ र बसुन्धरा पन्थको स्मृतिमा वहाँहरुले उक्त भवनको निर्माण गर्नुभएको हो ।
उक्त नव निर्मित सामुदायिक भवनको एक कार्यक्रमका बिच नेपाली कांग्रेसका युवा नेता तथा संविधान सभा सदस्य ध्रुव वाग्लेले हालै उद्घाटन गर्नुभएको छ । सो अवसरमा वहाँले पन्थ दम्पत्तिले व्यक्तिगत लगानीमा नै भवन निर्माण गरिदिएर अनुकरणीय काम गरेको उल्लेख गर्दै यस्ता कार्यले अन्य व्यक्तिलाई समाजको हित हुने कार्य गर्न प्रेरित गर्ने बताउनुभएको थियो ।

उक्त अवसरमा समाजमा बसेर आफ्नो मातापिताको स्मृतिमा सामुदायिक भवन निर्माण गरिदिनुले वहाँको स्वर्गिय मातापिताले पनि आर्शिवाद दिएको र तल्लो पोल्यागंवासी पनि पन्थ दम्पत्तिको यस कामबाट सारै प्रशन्न भएको तल्लो पोल्याङ टोल विकास सस्थाका अध्यक्ष रामु पन्थले बताउनुभएको छ ।

‘‘सरकारी वजेटको भर पर्दा कहिले बन्ने हो भन्ने निश्चित भएन विवाह, ब्रतबन्ध, छलफल जस्ता सामाजिक कार्यहरु गर्न अप्ठ्रो परेपछि उनीहरुले व्यक्तिगत लगानीमा नै बनाई दिएका छन्’’ सोही ठाउँ निवासी रामजी पन्थको भनाई रहेको छ ।
स्वर्गिय मोदनाथ पन्थ र बसुन्धरा पन्थका कान्छो छोरा केशव र बुहारी दुर्गादेवीले ७ लाख रुपैयाँको लागत भवन निर्माण गरि समाजलाई हस्तान्तरण गर्नुभएको छ ।
(अजित पन्थको सहयोगमा तयार पारिएको ।)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्