२८ बर्षिय मृर्गौला फेल भएका व्यक्तिद्धारा सहयोगको लागि अपिल

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नंं १२ छिर्कने निवासी पदम बहादुर क्षेत्रीले दुवै मृर्गौला फेल भएका आफ्नो छोरालाई बचाउन अपिल गर्नुभएको छ । वहाँका छोरा अनुप क्षेत्रीको दुवै मृर्गौला फेल भएको कारण वहाँ आर्थिक अभाव खेप्दै आईरहनुभएको छ ।
” २८ बर्षको छोरोको मृर्गौला फेल हुनु र घरको आर्थिक अवस्था अत्यन्तै कमजोर हुनु पदमबहादुरलाई अत्यन्तै पिर परेको छ त्यसैले हामी अनुपलाई बचाउने अभियान शुरु गर्दै सबैसग सहयोग मागेका छौ, तपाई हाम्रो सानो सहयोगले वहाँको ज्यान बच्न सक्छ ” अनुपलाई बचाउन सहयोगको अपिल गर्ने बिशाल कुमारले बताउनुभएको छ ।
करिब डेढ बर्ष अगाडिदेखि मृर्गौलामा खराबी आएदेखि अनुपको पोखराको गण्डकी अस्पतालमा उपचार गरिरहनुभएको छ । २८ बर्षिय अनुप क्षेत्री अविवाहित हुनुहुन्छ ।

वहाँलाई सहयोग गर्न चाहने महानुभावहरुले
एनआईसि बैक दमौली शाखाको एकाउन्ट नम्बर: J८८८९५९६२२०५२४०१

(खातावालाको नाम: अनुप क्षेत्री )
वा सिधै अनुप क्षेत्री वा वहाँको बुबालाई सम्पर्क गर्न सक्नुहुनेछ मोवाईल नम्बरः ९८११५८४०८१ र ९८१४१५०६००
साथै ९८०४१८२४७३ (बिशाल कुमार)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्