भानु नगर उद्योग वाणिज्य संघ गठन

  • ख-
  • ख+

तनहूँ । भानु नगर क्षेत्रमा रहेको उद्योगी व्यवसायीहरु हकहितको लागि स्थापित भन्सार बजार र तुरतुरे बजार ईकाईमा आवद्ध उद्योगी व्यवसायीहरुको भेलाले भानु नगर उद्योग वाणिज्य संघ गठन गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा भानु नगर उद्योग वाणिज्य संघ गठन गरेको हो । उक्त संघको प्रथम उपाध्यक्षमा राजन श्रेष्ठ, द्धितिय उपाध्यक्षमा लालकुमार श्रेष्ठ, महासचिवमा कृष्णचन्द्र कोइराला, सचिवमा मनिलाल श्रेष्ठ, कोषाध्यक्ष दिनेश विष्ट चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा उपेन्द्रबाबु तिवारी, नेत्रलाल श्रेष्ठ, जुना श्रेष्ठ, मोहम्मद सुल्तान ,मिनराज न्यौपाने ,सीता अधिकारी र कुबेर खनाल चयन हुनुभएको छ ।
सो कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, प्रदेश उद्योग वाणिज्य संघका सदस्य मंगलप्रसाद श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र लगायतका महानुभावहरुले व्यवसायी हकहित र उपभोक्ता मैत्री बजार बनाउन सबै एकजुट भएरलाग्नुपर्ने बताउनुभएको थियो ।
(तस्विरः कृष्णचन्द्र कोईरालाको फेसबुक पेजबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्