पूर्वराष्ट्रपति ट्रम्प विरूद्धको महाभियोग माथिल्लो सदनबाट अस्वीकृत

  • ख-
  • ख+

अमेरिकी माथिल्लो सदन सिनेटले पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पमाथि लागेको महाभियोग पारित गर्न आवश्यक दुई तिहाइ समर्थन जुटाउन असफल भएको छ।

६ ज्यानुअरीमा अमेरिकी संसद् भवनमा भएको हमलालाई ट्रम्पले उक्साएको भन्दै वहाँमाथि महाभियोग लगाइएको थियो।
महाभियोगको पक्षमा सातजना रिपब्लिकन सहित बहुमत सिनेट सांसद्हरू हुनुहुन्थ्यो ।

तल्लो सदनले वहाँविरूद्धको महाभियोग पारित गरिसकेको थियो।

(बिबिसी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्