श्रेष्ठद्धारा ३५ हजार खर्च गरि चौतारी निर्माण

  • ख-
  • ख+

तनहूँ । समाजमा बसेर समाजको लागि केहि असल काम गर्नुपर्छ भन्ने उदाहरण पेश गर्नुभएको छ भानु नगरपालिका वडा नं. ८ ठाँटिपाटाका हरिमान श्रेष्ठले । बाटो हिड्ने बटुवालाई र स्थानिय सबैलाई सहज होस् भनेर श्रेष्ठले गाँउमा चौतारी निर्माण गर्नुभएको छ । ” पहिला पहिला जस्तो मानिसहरु चौतारीमा त्यति नबसेपनि चौतारी गाँउको शोभा हुने भएकोले कसैको पनि मुख नताकि आफ्नै खर्चमा चौतारी निर्माण गर्न मन लागेको ” श्रेष्ठको भनाई रहेको छ ।


” मनकारी व्यक्तिले चाह्यो भने अांफ्नो गाँउठाँउलाई राम्रो बनाउन आफै सक्ने र हरिमानसग सबैले शिक्षा लिनुपर्ने ” स्थानिय युवा बिनोद खतिवडाको भनाई रहेको छ । खतिवडाका अनुसार उक्त चौतारी निर्माण गर्नको लागि श्रेष्ठंले ३५ हजार रकम खर्च गर्नुभएको छ ।
समाजसेवामा बिशेष रुचि राख्ने श्रेष्ठ भुतपूर्व गोर्खा सैनिक हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्