फिस्टेल बोर्डिङ्गमा सरस्वती पुजा, विद्यार्थी स्वागत तथा बार्षिक पुरस्कार वितरण सम्पन्न

  • ख-
  • ख+

तनहूँ । भानु नगरपालिका वडा नं. १ साजवोटेमा रहेको फिस्टेल आवासिय माध्यमिक विद्यालयमा सरस्वती पुजा, कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत कार्यक्रम तथा बार्षिक पुरस्कार वितरण समारोह मंगलवार एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घनश्याम देवान श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य परशुराम अधिकारी, विद्यालयका प्रधानाध्यापक सुन्दर खनाल, विद्यालयका कोअर्डिनेटर नवराज सिग्देल अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहको थियो ।
उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि घनश्याम देवान श्रेष्ठले यस फिस्टेलले यसक्षेत्रमा लामो समयदेखि शिक्षाको ज्योति फैलाउने काम सगै समाजसेवा पनि गरिरहेको हुनाले यस्लाई अझ फिजाउनुपर्ने बताउनुभएको थियो । साथै वहाँले यसै शैक्षिकसत्रबाट प्लस टुको कक्षा पनि संचालन भईरहेकोले विद्यालयलाई राम्रो बनाउने काम शिक्षक, कर्मचारी, बिद्यार्थी र अभिभावक पनि लाग्नुपर्ने बताउनुभएको थियो ।


उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य परशुराम अधिकारीले यसक्षेत्रको सानको रुपमा रहेको विद्यालयले अझै समाजलाई योगदान पुर्याउने विश्वास ब्यक्त गर्र्नुभएको थियो ।
उक्त कार्यक्रममा विद्यालयका परिक्षाहरुमा उत्कृष्ट हुन सफल बिद्यार्थीहरु अन्तर बिद्यालय खेलकुद, क्विज, दौड, भलिवल लगायतका विभिन्न प्रतियोगिताका साथै भानु नगरपालिका स्तरिय क्विज प्रतियोगितामा द्धितिय हुन सफल विद्यार्थी र विद्यालयमा उत्कृष्ट सेवा प्रदान गर्ने शिक्षकहरुलाई विभिन्न पुरस्कार तथा प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्