भावातित ध्यान विचार गोष्ठि माझ ‘महर्षि सन्देश’ सार्वजनिक

  • ख-
  • ख+

काठमाडौं । भावातित ध्यान विचार गोस्ठी माझ भावातित ध्यान बिशेशांक ‘महर्षि सन्देश’ विहिवार सार्वजनिक गरिएको छ । नेपाल महर्षि वैदिक फाउण्डेसनद्वारा प्रकाशित उक्त पुस्तकको विमोचन कार्यक्रमका प्रमुख अतिथी स्वामी ज्ञानानन्द सरस्वती, नेपाल महर्षि वैदिक फाउण्डेसनका अध्यक्ष तथा पुर्व मन्त्री दिपक प्रकाश बाँस्कोटा, नेपाल महर्षि वैदिक फाउण्डेसनका अन्तरराष्ट्रिय निर्देशक डा. किन्सली बुक, स्वामी वासुदेव प्रपन्नाचार्य, वरिस्ठ अभिनेत्री मनिषा कोइराला, नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. जगदिश चन्द्र पोखरेलले संयुक्त रुपमा गर्नुभयो ।

सो अवसरमा पुस्तकको समिक्षा गर्दै भरत राज पौडेलले पुस्तक ५ खण्डमा विभक्त रहेको जानकारी गराउदै भावातित ज्ञानको आवश्यकता, महत्व, अबलम्बन विधी आदीको बारेमा विस्तृत रुपमा वर्णन गरिएको र पुस्तक जीवनमा एक पटक पढनै पर्ने खालको रहेको उल्लेख गर्नुभयो ।

‘आजको सन्दर्भमा भावातीत ध्यानको आवश्यकता’ बिषयक राष्ट्रिय विचार गोस्ठीमा प्रमुख अतिथीको आसनबाट बोल्दै स्वामी ज्ञानानन्द सरस्वतीले पारमात्मिक सत्ता र व्यवहारिक सत्ता दुवैलाई अबलम्बन गर्न र २४ घण्टा मध्ये एक घण्टा ध्यानमा लिन हुन सके जीवन सार्थक र सुखी हुने बताउनुभयो ।

नेपाल महर्षि वैदिक फाउण्डेसनका अध्यक्ष तथा पुर्व मन्त्री दिपक प्रकाश बाँस्कोटाले मानव मन मस्तिकलाई सकारात्मक उर्जाले भर्न भावातित ध्यान वरदान साबित हुने उल्लेख गर्दै देशको मुल नीति अर्थात राजनीतिलाई गति प्रदान गर्न पनि शान्त र अविचलित भई सहि निर्णय लिने अवस्थाको नेतृत्व पंक्ती तयार पार्नुपर्ने आवश्यकता औल्याउनुभयो । अध्यक्ष बाँस्कोटाले भावातित ध्यानको माध्यमबाट अफ्रिकी मुलुक मोजाम्बिकमा लामो समयसम्म जारी रहेको सशस्त्र युद्ध अन्त्य भएको उदाहरण पेश गर्दै शान्ती, समृद्धी र अमनचयनका लागि साध्य र साधनका रुपमा वैदिक ध्यान विधी रहेको बताउनुभयो ।

सो अवसरमा नेपाल महर्षि वैदिक फाउण्डेसनका अन्तरराष्ट्रिय निर्देशक डा. किन्सली बुकले वैदिक ध्यानलाई आधुनिक बि ज्ञानसँग जोडदै अघि बढन सम्पूर्ण मानव समुदाय जागरुक हुनुपर्ने बताउनुभयो ।

सो अवसरमा वरिस्ठ अभिनेत्री मनिषा कोइरालाले आफ्नो अनुभव राख्दै क्यान्सर पस्चात मनलाई विचलित हुन नदिन आफुले शरीर, दिमाग र अध्यात्म बीचको अन्तरसम्बन्धलाई व्यवहारिक रुपमा लागु गर्ने क्रममा ध्यानको मार्गलाई अबलम्बन गर्दै आएको उल्लेख गर्नुभयो ।

त्यसैगरि, कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोख्रेल, मिर्गौला रोग बिशेषज्ञ डा. ॠषि कुमार काफ्ले, वास्तुविद एवम् इन्जिनियर अर्जुन कोइराला, ज्ञाता माधव प्रसाद अर्याल लगायतले मानव जीवनलाई स्वस्थ राख्न र सकारात्मक उर्जा प्रवाह गर्न भावातित ध्यानको महत्व रहने उल्लेख गर्नुभएको थियो ।

कार्यक्रममा महर्षि महेश योगीले वैदिक योगलाई आधुनिक शिक्षामा समाहित गराउन पुर्याएको योगदानको चर्चा गरिनुका साथै वहाँले प्रबर्द्धन गरेका वैदिक चिन्तनलाई सयमा एकलाई मात्र बुझ्न र अनुशरण गर्न सक्ने बनाउँदा राष्ट्रले छिट्टै समृद्धी हासिल गर्न सक्ने उल्लेख गरिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्