एकबिहानै दुलेगौँडा दुर्घटना १ जनाको मृत्यु

  • ख-
  • ख+

तनहूँ । शुक्लागण्डकी नगरपालिका वडा नं ४ दुलेगौँडा बसपार्क नजिकै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
गाछेपानीतर्फबाट दुलेगौँडातर्फ आईरहेको ग १३ प ६३२ नम्बरको स्कुटर विपरित दिशाबाट आईरहेको ग १९ प ३७०६ नम्बरको मोटरसाईकलसग दुलेगौँडा बसपार्क नजिकै विहान साढे ६ बजे ठोक्किदा दुर्घटना भएको थियो । उक्त दुर्घटनामा पनि शुक्लागण्डकी नगरपालिका वडा नं. ८ ढोरफिर्दीका सन्देश भट्टराईको मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीका अनुसार स्कुटर र मोटरसाईकल एकअर्कामा ठोकिएका थिए । उक्त दुर्घटनामा गम्भिर घाईते भएका २० बर्षीय भट्टराईको पोखरास्थित गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पनि उहाँले बताउनुभयो ।
साथै मोटरसाईकल चालक शुक्लागण्डकीनगरपालिका वडा नं. ३ हटियाका अमृत श्रेष्ठको पनि सोही अस्पतालमा उपचाररत हुनुहुन्छ वहाँको को टाउकोमा चोट लागे पनि सामान्य अवस्थामा रहेको प्रहरीको भनाई रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्