नेकपा ओली समुहको व्यास नगर कमिटी विस्तारित बैठक सम्पन्न

  • ख-
  • ख+

फागुन १५ मा पोखरामा हुने सभामा तनहूँ जिल्ला क्षेत्र नं. १ बाट १५ हजारभन्दा बढि मानिसको सहभागिता हुने निवर्तमान सांसद किसानको भनाई

तनहूँ । नेपाल कम्युनिस्ट पार्टी ओली समुहको व्यास नगर कमिटी विस्तारित बैठक आईतवार सम्पन्न भएको छ । कृष्ण न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा तनहूँ जिल्ला क्षेत्र नं. १ का निवर्तमान सांसद कृष्ण कुमार श्रेष्ठ किसान प्रमुख अतिथि रहनुभएको थियो । उक्त अवसरमा निवर्तमान सांसद किसानले ” देश चुनावमा गइसकेको हुनाले सम्माननिय प्रधानमन्त्रीको कदम सफल पार्न सबैजना लाग्नुपर्ने” बताउनुभएको थियो । साथै वहाँले ‘‘अघिल्लो निर्वाचनमा केपी ओलीको छविलाई मन पराएर लालकिल्ला बनेको तनहूँबाट १५ हजार भन्दा बढि कार्यकर्ता सहभागिता हुने” भनाई व्यक्त गर्नु भएको थियो ।


कार्यक्रममा नेकपाका नेता श्रीप्रसाद श्रेष्ठ, व्यास नगरपालिका वडा ४ का अध्यक्ष विश्व न्यौपाने, नेकपा कार्यालय सचिव राजेश्वर ढकाल, जिल्ला सचिवालय सदस्य प्रदिप अधिकारी, जिल्ला सदस्य कुल बहादुर थापा , माधब बहादुर पन्त, पूर्व नगर अध्यक्ष बिरेन्द्र बहादुर अधिकारी, अनेमसंघकी सचिव एवम् नगर कमिटी सदस्य बसुन्धरा घर्ती, मुस्लिम इतिहात संघको जिल्ला सदस्य सिद्विक मिया , युवा नेता मदन तिमल्सेना लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नगर सदस्य टोप वहादुर परियारले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा अधिकांश सहभागीहरुले फागुन १५ गते गण्डकी प्रदेशको राजधानीमा हुन लागेको सभामा जानको लागि तनहूँ जिल्लाबाट जनताहरु व्यग्रताका साथ प्रतिक्षा गरिरहेको बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्