फागुन १८ गते विराटनगरमा भरतमोहन अधिकारी स्‍मृति सभा गरिदै

  • ख-
  • ख+

काठमाडौं । स्वर्गिय भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसनको आयोजनामा फाल्गुण १८ गते भरतमोहन स्‍मृति सभा गरिने भएको छ । उक्त सभा फाउण्डेसनका संरक्षक समेत रहेका नेकपा अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा हुन लागेको हो । फाउण्डेसनकी संस्थापक लिमा अधिकारीका अनुसार कार्यक्रम विराटनगर पोखरिया स्थित बिष्णु माया पुस्तकालय प्रांगणमा हुनेछ ।

स्‍मृतिसभामा भरतमोहन अधिकारीको योगदान बारे छलफल, स्वर्गिय भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसनको प्रदेश नं १ को घोषणा साथै अग्रज कम्युनिस्ट एवम् जेष्ठ नागरिक सम्मान गर्ने कार्यक्रम रहेको पनि संस्थापक अधिकारीले जानकारी दिनुभएको छ ।

स्वर्गिय भरतमोहन अधिकारी स्‍मृति फाउण्डेसन पुर्व उप प्रधानमन्त्री स्व. भरतमोहन अधिकारीको स्‍मृतिमा स्थापित संस्था हो । स्वर्गिय नेता अधिकारीको धर्मपत्नी सबिता अधिकारी उक्त फाउण्डेसनको अध्यक्ष हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्