७७२ जना जेष्ठ नागरिकको आँखा परिक्षण सम्पन्न ६४ जनाको मोतिविन्दुको अपरेशन गरिने

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिकाले ६०बर्षभन्दा माथिका ज्येष्ठ नागरिकका लागि फागुन ११ गतेदेखि संचालन गरेको आँखा शिविर समापन भएको छ । हिमालय आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा गत फागुन ११ देखि फागुन १४ गतेसम्म उक्त शिविर संचालन गरिएकोे थियो ।
उक्त शिविरमा व्यास नगरपालिकाको १४ वटै वडाका ज्येष्ठ नागरिकहरको आँखा परिक्षण गरिएको व्यास नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले बताउनुभएको थियो । शिविरमा ७७२ जना जेष्ठ नागरिकको परिक्षण गरिएको र ६४ जना जेष्ठ नागरिक अपरेसन गर्नका लागि नगरपालिकाले सम्पूर्ण खर्च बेहोर्ने गरि पोखरा हिमालय आँखा अस्पताल पोखरा घारीपाटन लगिने वहाँले बताउनुभएको छ ।
व्यास २ को बालमन्दिर माध्यमिक विद्यालयमा सञ्चालित शिविरमा १०१ बर्षसम्मका बिरामी र मोतिवन्दु बिग्रीएको बिरामी पनि आएको उक्त शिविरमा आँखा परिक्षण गर्ने डाक्टर धर्मेन्द्र कुमार घोडासैनीले बताउनुभएको छ ।
सम्पुर्ण खर्च आफै बेहोर्ने गरि व्यास नगरपालिकाले संचालन गरेको उक्त शिविरबाट निकै लाभ मिलेको उक्त शिविरमा आँखा परिक्षण गराउने बृद्धबृद्धाको भनाई रहेको छ ।

(भिडियो सहित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्