तनहूँको डुम्रेमा प्रहरीद्धारा नागरिक सुनुवाई कार्यक्रमको आयोजना

  • ख-
  • ख+

तनहूँ । जिल्ला प्रहरी कार्यलय तनहूँको आयोजनामा बन्दिपुर गाँउपालिका वडा नं. १ को डुम्रेबजारमा नागरिक सुनुवाइ कार्यक्रमको आयोजना गरियो । प्रमुख जिल्ला अधिकारी सागर आचार्यको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहूँका प्रमुख एवं एसपी अरूण पौडेलले तनहूँ जिल्लामा भएका ३४ वटा प्रहरी इकाईले गरेका प्रगति विवरणहरुको बारेमा सहभागीहरुलाई जानकारी दिनुभएको थियो ।
उक्त अवसरमा वहाँले तनहूँ जिल्लामा ६३३ जना प्रहरी कर्मचारीको दरवन्दि भएपनि लागुऔषध ओसारपसार रोकथाम, लुटपाट, चोरि नियन्त्रण, शान्ति सुरक्षा प्रदान लगायतका कार्यहरु सफलतापूर्वक गर्दै आईरहेको बताउनुभएको थियो ।

उक्त अवसरमा वहाँले आफ्नो ६ महिनाको कार्यकालमा भएका कार्यहरुको प्रगति विवरण दिदै जिल्ला प्रहरी कार्यलय तनहूँले लागुऔषध नियन्त्रण, पुराना अपराधका घटनाका फरार अभियुक्तहरु पक्राउ, लुटपाट तथा चोरिका घटनाका सम्बन्धमा कार्ययोजना, १ प्रहरी कार्यालय १ कम्प्युटरको अवधारणा अगाडि बढाएको र ट्राफिक दुर्घटना बढिरहेकोले त्यसलाई ब्यबस्थापन , रोकथामका लागि भावि योजना बनाएर अगाडि बढिररहेको बताउनुभएको थियो । साथै वहाँले ४९ वटा खराब पक्षका मुद्दा साथै १४ वटा बलात्कारका घटना सहित २४० वटा मुद्दामा काम कारवाहि अगाडि बढाएको पनि बताउनुभएको थियो ।

उक्त कार्यक्रममा अतिथिका रुपमा बन्दिपुर गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश सुवेदी, बन्दिपुर गाउँपालिका वडा १ काअध्यक्ष भानुभक्त पोख्रेल , पत्रकार महासंघ तनहूँका अध्यक्ष ओमकार आचार्य, नेकपा ओली समुहका नेता घनश्याम श्रेष्ठ, नेकपा प्रचण्ड माधब समुहका नेता जीवन कायस्थ, नेपाली कांग्रेसका नेताद्धय कर्ण खत्री र धूुव्र बहादुर प्रधान, जिल्ला प्रहरी कार्यालय तनहूँका प्रवक्ता एवं डिएसपी युवराज तिमिल्सिना, डुम्रे क्षेत्रका उद्योगी व्यवसायीहरु भगवान श्रेष्ठ, राम श्रेष्ठ, लक्ष्मण श्रेष्ठ, सुनिल श्रेष्ठ, राजु खड्गी, शिवकुमार श्रेष्ठ, डुम्रे साँस्कृतिक युवा परिवारका अध्यक्ष कैलाश श्रेष्ठ, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, डुम्रे स्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
उक्त सुनुवाई कार्यक्रममा सहभागीहरुले डुम्रे क्षेत्रमा देखिएका सुरक्षा चुनौती र प्रहरीले चाल्नुपर्ने आवश्यक कदम, सर्वसाधारणले दैनिक जीवनमा भोगिरहेका कानुनी , राजनितिक, सामाजिक समस्याहरुको वारेमा हल गर्ने सम्बन्धमा पहल गर्न जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई आग्रह गर्नुभएको थियो ।

उक्त अवसरमा प्रहरी कार्यालय निर्माणको लागि जग्गा प्रदान गर्ने ध्रुव लाल श्रेष्ठ पिया र वहाँकी श्रीमतीलाई प्रमुख जिल्ला अधिकारी सागर आचार्य र एस पि अरुण पौडेलले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्