म एऊटा थाकेको सॉझ हुँ,
तिमी त्यो सॉझको मीठो चिसो हावा,
म अधुरो कविता हुँ,
तिमी त्यस कविताको सुन्दर अन्त्य ।
म एक्लो डाली हुँ,
तिमी त्यो डालीमा वसेको कलिलो पन्छी,
म रूदै गरेको वादल हुँ,
तिमी त्यो वादललाई छुन लागेको घाम ।
म एऊटा सानो सपना हुँ,
तिमी त्यो सपना पुरा गर्ने विश्वास,
म टूटेको मन्च हुँ,
तिमी त्यो मन्चमा चम्कने नयॉ रंग ।
म झरिरहेको पात हुँ,
तिमी त्यो पातलाई समेट्ने छॉया,
म अधूरो चित्र हुँ,
तिमी त्यो चित्रमा रंग भर्ने कलाकार ।
बसन्त पौडेल








