मेरो कल्पनाको साकार रुप
मेरो सपनाको यथार्थ हुन उनी
मेरो अस्तित्वलाई पूर्णता दिने
मेरो सतकर्मको परिणाम हुन उनी
मेरो जिन्दगीको बाच्ने आधार
मेरो सास र आश हुन उनी
मेरो प्रेमको तपस्याबाट प्राप्त
मेरो लागि वरदान हुन उनी
मेरो उद्धेश्य एकमात्र लक्ष्य
मेरो अर्जुन दृष्टि हुन उनी
मेरो आस्था मैले मान्ने धर्म
मेरो तीर्थ चारधाम हुन उनी !!!

सुशील देवकोटा, काठमाण्डौ 
२०८२।०५।१२