गितल प्रतिष्ठान नेपाल तथा नाटक मन्च तनहुँको नवौ साधारणसभा एवम चौथो अधिबेशन दमौलीमा सम्पन्न भएको छ। कार्यक्रम प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख अतिथि कवि अनिल श्रेष्ठ रहेका थिए भने विशिष्ठ अतिथिमा डा. यम बहादुर पौडेल क्षेत्री रहेका थिए । कार्यक्रममा प्रमुख अतिथि अनिल श्रेष्ठ, बिशिष्ठ अतिथि क्षेत्रीले साहित्य क्षेत्रमा तनहुँ सधैं अग्र स्थानमा रहेको बताएका थिए । कार्यक्रममा गण्डकी वांगमय तनहुँका अध्यक्ष गौ कुमारी न्यौपाने , प्रलेस तनहुँका अध्यक्ष विकास बि.क. लेखक सघ तनहुँका अध्यक्ष शंकर राज नहर्की त्यसैगरी कवि राजु दाहाल कवि अर्जुन अधिकारीले शुभकामना मन्तव्य राखेका थिए ।
अधिबेशनले आकाश अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्षमा दिवाकर भट्टराई ,लक्ष्मी तिमल्सिना ,सचिब माधब प्रसाद अधिकारी ,सह सचिब कल्पना घिमिरे, कोषाध्यक्ष बन्धुराज अधिकारी र सदस्यहरुमा अन्जना तिमिल्सिना, दिब्या काफ्ले, गिता रखाली मगर, दिपक गैरे र थप एक जना सदस्य पछि मनोनीत हुने गरि सर्वसम्वतरुपमा चयन गरेको छ । उद्घाटन सत्रको समापनपछि कार्यक्रमको सयोजन निर्बाचन मण्डलका सयोजक अधिबक्ता बिष्णुभक्त सिग्देलले गरेका थिए ।