भिमादमा महिला, बालबालिकाको क्षेत्रमा जति काम भएका छन् सबै सन्तोषजनक छन्ः ढकाल

  • ख-
  • ख+

आधा आकाश ढाँकेका महिलाहरु आज पनि अधिकारको लागि लडिरहेको अवस्थामा संघियताको आगमनसगै स्थानिय निकायहरुमा महिला, बालबालिको हितमा काम गर्ने मनसायले छुट्टै शाखा र कर्मचारीहरुको खटाईएको छ , आज महिला, बालबालिकाको समस्या लिई सदरमुकाम दौडिईरहनु पर्ने झन्झटबाट धेरै मुक्ति मिलेको छ, त्यहि हुदैमा महिला बालबालिकाका समस्याहरु निमिट्यान्न भएका छन् त ? तनहूँ जिल्लाको एउटा सम्भावना बोकेको नगरपालिका भिमाद नगरपालिकामा के कस्तो छ त महिला, बालबालिकाको अवस्था , वहाँहरुका लागि संघियतासगै के कस्ता कार्यक्रमहरु आए त त्यसै बिषयमा सर्वज्योतिकी सम्पादक प्रीति श्रेष्ठले भिमाद नगरपालिका महिला बालबालिका तथा समाज कल्याण उपशाखाकी शाखा अधिकृत टेकावती ढकाल गरेको कुराकानीः

प्रश्नः अपाङ्ग तथा जेष्ठ नागरिकहरुको लागि भिमाद नगरपालिकाबाट के कस्ता कार्यक्रमहरु गर्नुभएको छ ?
उत्तरः भिमाद नगरपालिकाले आर्थिक बर्षको कार्यक्रमहरु भन्नुपर्दा जेष्ठ नागरिकको सवालमा वहाँहरुलाई सम्मान कार्यक्रम राखेका छौ, वहाँहरुको गारो सारो सुन्ने समाजमा बस्न सहज होस् भन्ने वातावरण प्रदान गर्ने गरेका छौ । भत्ता अपाङ्गहरुको प्रकृति अनुसार उनीहरुको आवश्यकता अनुसार सहयोग सामाग्रीहरु ह्विल चेयर, कुर्ची, ट्राई साइकल वहाँहरुकै घरमा पुगेर वितरण गर्ने गरेका छौ । अपागंहरुको लागि दोभाषे तालिम दिने व्यवस्था मिलाईरहेका छौ ।


प्रश्नः महिला, बालबालिकाको सवालमा भएका कामहरु र प्रगतिहरुको बारेमा केहि बताईदिनुस् न ।
उत्तरः बालबालिकाको सवालमा त बिद्यालयहरुमा चाईल्ड क्लब गठन गर्ने, बालबालिकाहरुलाई आईपर्ने सम्भावित दुर्घटना तथा घटनासग सचेत हुन सिकाउने लगायतका विभिन्न कृयाकलायपहरु हामीले गरिरहेका छौ, नेपाल सरकारले यसबर्षदेखि ६ कक्षाभन्दा माथी पढ्ने छात्रा बिद्यार्थीहरुको लागि सेनेटरी प्याडको व्यवस्था गर्ने भन्ने निर्देशन आएकोेले त्यस तर्फ पनि हामीले कार्य गर्न लागेका छौ । महलिा दिदीबहिनी हाम्रो नगरपालिकाका आन्तरिक श्रोत बाट १५, १६ वटा कार्यक्रमहरु गर्ने गरेका छौ सिप विकास, नेतृत्व विकास, उद्यमशिलता, जातिय सहिष्सुणता, हिंसामा परेका महिलाहरुको लागि बिशेष कोष र कार्यक्रमहरु गर्ने गरेका छौ, विभिन्न दिवसका बेलामा महिलाहरु बिशेष गरि नगरपालिकासग सम्बन्धित विषममा पनि जानकारी दिने, विकास निर्माणमा महिलाहरुलाई सहभागिता गराउने गरिरहेका छौ । महिलाको लागि प्रदेशबाट भर्खरै आएको सिलाई कटाई तालिम सम्पन्न गरेका छौ, यस नगरपालिकाभित्रका कुन वडाका महिलालाई कस्तो प्रकारको तालिमको आवश्यकता छ त्यो पनि छनौट गरि दिने प्रक्रियामा छौ । भिमाद नगरपालिका वडा नं. ६ बाट त हामीले एकल महिलाहरुको लागि मात्र हैन एकल पुरुषको लागि पनि भत्ता दिने अभियान शुरु गरिसकेका छौ ।

प्रश्न: तालिम पश्चात रोजगारीको सवालमा महिलाहरुलाई कत्तिको सहयोग प्राप्त हुने गरेको छ ?
उत्तरः बिशेष त प्रदेशले नगरपालिकाले दिने कार्यक्रमहरु महिला दिदीबहिनीहरु स्वरोगजार बनाउनको लागि दिने खालका छन् , हाम्रो उद्धेश्य हामीले तालिम दिए पश्चात आफ्नो जिविका चलाउन, आर्थिक रुपमा सवल बन्न दिदी बहिनीहरु स्वरोजगार बनुन् भन्ने छ, पोहोर साल हामी चप्पल बनाउने, गुडियाँ बनाउने तालिम दिएका थियो ति मध्ये धेरै महिलाहरुले त्यो सिपलाई सदुपयोग गरि चप्पल बनाउने, गुडियाँ बनाउने काम गरेर व्यापार गरेर कमाएर आत्मनिर्भर बन्ने काम गरिरहनुभएको छ । थोरै लगानीबाट पनि यी व्यापार व्यवसायहरु पनि शुरु गर्न सकिने भएकोले दिदिबहिनीहरु त्यत्तिकै बस्नुहुन्न होला भन्ने हामीलाई लागेको छ । यस बर्षदेखि नेपाल सरकारले ६ कक्षाभन्दा माथी पढ्ने छात्रा बिद्यार्थीहरुको लागि सेनेटरी प्याडको व्यवस्था गर्ने भन्ने निर्देशन आएकोेले यस बर्ष हाम्रै भिमाद नगरपालिकाका महिलालाई सेनेटरी प्याड बनाउने तालिम दिन पाईयो भने त बाहिरबाट किनेर ल्याउनु पर्ने थिएन । यहाँका महिलाले सिप पनि सिक्न पाउने, सेनेटरी प्याड उत्पादन गरेपछि नगरपालिकाले किनेपछि हाम्रो पैसा बाहिर पनि जाने भएन त्यसैले यसबर्ष सेनेटरी प्याड बनाउने तालिम दिने बिषयमा छलफल गरेका छौ । छिट्टै नै त्यो कार्यक्रम पनि लागु गर्नेछौ । समग्रमा भन्नुपर्दा सबै परिपुर्ण त कहिले पनि हुन सक्दैन तर उपलब्ध श्रोत र साधनबाट भिमाद नगरपालिकामा महिला, बालबालिका, जेष्ठ नागरिक, एकल महिलाहरुको लागि थुप्रै कामहरु भएका छन् र अझै केन्द्र र प्रदेशसग मिलेर थुप्रै कार्यक्रमहरु गर्ने लक्ष्य लिएका छौ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्