‘परालको आगो’ को कमाइ ४ करोड नाघ्यो

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । घरेलु बक्सअफिसमा फिल्म ‘परालको आगो’ को ग्रस कमाइ ४ करोड रुपैयाँ नाघेको छ । सिनेपाः बक्सअफिसले शनिबार मध्यरातसम्मको कमाइको विवरण सार्वजनिक गरेको छ ।
जसमा, लक्ष्मण सुनार निर्देशित फिल्मले ४ करोड २५ लाख ४६६ रुपैयाँ ग्रस कमाएको छ । सोही अवधिसम्म यो फिल्मलाई १ लाख ४३ हजार ७२४ जना दर्शकले हेरेका छन् ।
आइतबार पनि सरकारी बिदा भएकाले सो दिन पनि फिल्मको कमाइमा बढोत्तरी भएको निश्चित छ । प्रकाश सपुत र सुहाना थापा अभिनित यो फिल्म गुरुप्रसाद मैनालीको चर्चित कथा नासोबाट एडप्टेसन गरिएको हो ।
बिराज भट्ट र सुशील श्रेष्ठ स्टारर ‘राम नाम सत्य’को कमाइ ३ करोड ४० लाख ८१ हजार ६९१ रुपैयाँ ग्रस छ । सोही अवधिसम्म यो फिल्मलाई १ लाख २१ हजार ४०५ जना दर्शकले हेरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?