काठमाडौं । एनआईसी एशिया बैंकले वीरेन्द्रनगर–१, धारापानी, सुर्खेतस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्यांकी तथा मोटर जडान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयमा खानेपानी व्यवस्थापन, सहज शैक्षिक तथा स्वास्थ्य अनुकुल वातावरण सिर्जना गर्ने उद्देश्यका साथ बैंकले पानी ट्यांकी तथा मोटर जडान गरेको हो ।

१६७ भन्दा धेरै विद्यार्थीहरूले पठनपाठन गरिरहेको यस विद्यालयका लागि यस बैंकका कर्णाली सर्कल हेड जीवन शाहीले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुशिला सुनारलाई ज्येष्ठ ८ गते एक कार्यक्रमका बीच पानी ट्यांकी तथा मोटर जडान गरी हस्तान्तरण गरे ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका, वडा नम्बर १ का वडा अध्यक्ष दिनेश खत्री, उक्त विद्यालयका व्यवस्थापन समितिका प्रतिनिधिहरू, शिक्षक तथा शिक्षिकाहरू, विद्यार्थीहरू र बैंकका तर्फबाट बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।