१७ बैशाख / चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको व्यवसायिक चैते धान खेतीको स्थलगत अवलोकनका साथै किसानलाई सामाग्री हस्तान्तरण गरिएको छ । कृषि विकास कार्यालय तनहुँको आयोजनामा जिल्लाको व्यास नगरपालिका र म्याग्दे गाउँपालिकामा गरिएको चैते धान खेती स्थलगत अनुगमन तथा कृषि उपजका सामाग्री प्रदान गरिएको हो ।
क्त कार्यक्रममा तनहुँ क्षेत्र नं २ ९क० का साँसद श्यामराजा महत,वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारी,संम्बन्धित वडाका वडाध्यक्ष,जिसस सदस्य डोलबहादुर सुनार र संचारकर्मीसहितको टोली रहेको थियो ।
अवलोकन पश्चात साँसद महतले कृषि प्रधान देशलाई कृषिमा आत्मनिर्भरका लागि आधुनिकीकरणतर्फ उन्मुख गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,“कृषि क्षेत्रलाई टिकाइ राख्न र किसानलाई प्रोत्साहनका लागि आफुले बजेट विनियोजनमा सक्रिय भूमिका निर्वाह गरेको हुँ ।”
आर्थिक बर्ष २०८२÷२०८३ को कार्यक्रम अन्र्तगत रु।नौ लाख ५० हजार चार सय ९० बराबरका कृषि सामाग्री उपलव्ध भएको व्यास नगरपालिका–५ युगबोध कृषि सहकारी संस्थाका अध्यक्ष चिरञ्जीवि पण्डितले जानकारी दिनुभयो ।
उहाँका अनुसार चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत चैते धानको बीउ नौ सय किलोग्राम,कम्बाइन मिल तीन वटा,त्रिपाल ४० वटा र डिजिटल तराजु एक वटा ७५ प्रतिशत अनुदानमा उपलव्ध गराइएको हो ।
चैते धान सिंचाईका लागि दुई सय ३१ मिटर लामो कुलो ८५ प्रतिशत अनुदानमा निर्माण कार्य सम्पन्न गरिएको सोही संस्थाका सचिव केशव वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार कुलो निर्माणमा रु।६ लाख ६० हजार ४१२ रुपैयाँ खर्च भएको छ ।
त्यसैगरी म्याग्दे गाउँपालिका–३ स्थित आम्बोटे कृषक समुहका अध्यक्ष बलराम भट्टराईले ७५ प्रतिशत अनुदानमा चैते धानको बीउ २०० केजी,कम्बाइन मिल एक वटा,मिनीटिलर दुई,त्रिपाल पच्चीस वटा उपलव्ध भएको बताउनुभयो ।
उहाँका अनुसार ८५ प्रतिशत अनुदानमा एक सय ६७ मिटर लामो कूलो निर्माण सम्पन्न गरिएको छ । बीउ,मेसिन र कुलो निर्माण समेत गरी रु।पाँच लाख ६२ हजार ३३९ बराबरको अनुदान प्राप्त भएको उहाँले बताउनुभयो ।
त्यसैगरी स्यागेटारी साना किसान कृषक समुहका सचिव मिनराज घिमिरेका अनुसार ८५ प्रतिशत अनुदानमा दुई सय ३१ मीटर कूलो निर्माणका साथै ७५ प्रतिशत अनुदानमा मिनी टेलर दुई,त्रिपाल दश,चैते धानको बीउ ५० किलोग्राम गरी रु।पाँच लाख ६२ हजार अनुदान प्राप्त भएको हो ।
त्यसैगरी,म्याग्दे गाउँपालिका–४ छिम्लेश्वारा स्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक समुहकी अध्यक्ष जीतमाया रानाले ५० प्रतिशत अनुदानमा तरकारीको बीउ एक किलोग्राम, सिंचाई ड्रम तीन,मिनिटिलर दुई,स्प्रेयर तीन,हजारी पाँच,मल्चिड प्लाष्टिक एक रोल,पोली व्याग ५ केजी लगायत गरी रु।तीन लाख चालिस हजार आठसय अनुदान प्राप्त भएको बताउनुभयो ।
आर्थिक बर्षको लक्ष्य अनुरुप यसबर्ष एक हजार नौ सय रोपनी क्षेत्रफल रहेकोमा तीन हजार आठ सय रोपनीमा चैते धान खेती गरिएको छ । यसबर्ष लक्ष्य भन्दा दोब्बर क्षेत्रफलमा चैते धान खेती गरिएको छ भने बर्षेनी खेतीको क्षेत्रफल बढ्दो क्रममा रहेको सो कार्यालयले जनाएको छ । वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले किसानलाई कृषितर्फ आर्कर्षित गराउन अनुदान कार्यक्रमलाई प्राथामिकता दिइदै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो,“अनुदान कार्यक्रमले किसानहरु उत्साहित भएर कृषि कार्यमा लागेका छन्,यसले हामीलाई पनि हौसला मिलेको छ ।”









