१७ मंसिर ।खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय तनहुँ, म्याग्दे गाउँपालिका र म्याग्दे उद्योग वाणिज्य सघंको आयोजनामा म्याग्दे गाउँ पालिका भित्र पृथ्वीराजमार्गमा सचालन भएका होटलहरूको अनुगमन हुने भएको छ । गाउँ पालिकामा सचालित होटललाई गुणस्तर चिन्ह प्रदान गर्ने उदेश्यका साथ अनुगमन गर्न लागिएको हो । म्याग्दे उद्योग वाणिज्य सघका अध्यक्ष सुन्दरमणि अधिकारिको अध्यक्षतामा आज बसेको वैठकमा खाध्य गुणस्तर तथा नियन्त्रण डिभिजन कार्यालयका प्रमुख ज्योति आचार्य, म्याग्दे गाउँपालिकाका उद्योग शाखा प्रमुख प्रदिप न्यौपाने, थर्पु प्रहरी प्रमुख केशबहादुर कुमालले व्यवसायीलाई सचेतना तालिम दिने र अनुगमन गर्ने निर्णय गरेको हो । तालिमवाट प्रशिक्षण दिने र खाद्य गुणस्तर कायम गर्ने मुख्य उदेश्य रहेको छ ।