२९ पौष । तनहुँको म्याग्दे गाउँपालिका भित्रको पृथ्विराजमार्गमा सन्चालित होटल तथा रेष्टुरेन्टलाई खादय सुरक्षा र गुणस्तर सम्वन्धि प्रशिक्षण दिईएको छ। म्याग्दे गाउपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तनहुँको आयोजना र म्याग्दे उद्योग वाणिज्य सघको सहकार्यमा शोमवार खाद्य स्वच्छता सम्बन्धि ऐन, नियम, गुणस्तर कार्यान्वयनका लागि सरोकारवालाई अभिमुखिकरण सहित प्रशिक्षण दिईएको हो । सो अवसरमा जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी र प्रहरी प्रमुख एसपी टेकवहादुर कार्कीलाई गाउँपालिकाले मायाको चिनो प्रदान गरेको थियो । कार्यक्रममा म्याग्दे गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी, खाद्य डिभिजन प्रमुख ज्योति आचार्य, अनुसा खरेल,सुरेन्द अधिकारी लगायतले प्रशिक्षण दिनुभएको थियो ।












