२६ मंसिर । तनहुँ । व्यास नगरपालिका कार्यालयले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा ७ हजार ९ सय ३४ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । नगरपालिकाले भत्ता वितरणमा मात्रै ७ करोड ७७ लाख ६३ हजार ४०८ रुपैया खर्च गर्ने गरेको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिनुभयो । उक्त अवधिमा व्यक्तिगत घट्ना जन्म दर्तातर्फ ३ सय १६,मृत्यु दर्ता १ सय ५५,संम्बन्ध बिच्छेद ५३ जोडी,विवाह १ सय ५२ जोडी र बसाईसराई १ सय २५ परिवार रहेका छन् ।
त्यसैगरी उक्त अवधिमा सत्चालिस मुद्धा रहेका मध्ये अठ्ठाइस फछ्यौट भई अन्य फछ्यौट हुन बाँकी रहेको अधिकृत लम्सालले बताउनुभयो ।
उहाँका अनुसार कार्यविधि नयाँ निर्माण तीन,संशोधन दुई,निर्देशिका संशोधन दुई र नियमावली संशोधन एक गरिएको छ ।
उहाँले भन्नुभयो “व्यासका चौध वटै वडा कार्यालयमा कर्मचारी इहाजिरी जडान गरी सुशासन र पारदर्शिता कायम गरिएको छ भने वार्षिक नगर विकास योजना (रातो किताव) छपाई कार्य सम्पन्न गरिएको छ ।”
व्यास नगरपालिकामा उपभोक्ता समितिबाट संचालन भएका पाँच सय ६३ र ठेक्काबाट संचालन एकातीस गरी कूल ५ सय ९४ योजना रहेका छन्,अधिकृत लम्सालले भन्नुभयो “अठ्ठार वटा योजनाको कार्य सम्पन्न भएको छ भने एक सय सोह्र वटाको सम्झौता सम्पन्न र चार सय साठी योजना सम्झौताको चरणमा रहेका छन् ।”
संघीय बजेट कटौतीका कारण विनियोजित कार्यक्रमहरु सम्पन्न गर्न कठिनाई हुनुका साथै ठेक्कापट्टा लागि सकेपछि निर्माण व्यवसायीको ढिलासुस्तीका कारण विकास निर्माणको परिणाम आउँन ढिलाई हुने समस्या प्रमुख रहेको नगरपालिकाले जनाएको छ ।