काठमाडौँ । नेपाल वायुसेवा निगमको ६८औँ वार्षिकोत्सव बुधबार सम्पन्न भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) प्रमुख आतिथ्यतामा निगमको केन्द्रीय कार्यालय न्युरोडमा उ्रक्त कार्यक्रम सम्प्रन्न गरेको हो ।
उक्त कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला र सहसचिव जयनारायण आचार्य विशिष्ट अतिथिका रूपमा उपस्थित थिए ।
निगमका कर्मचारीहरूको उल्लेख्य उपस्थितिमा निगम परिसरबाट प्रभातफेरी निकालिएको थियो । प्रभातफेरी न्युरोडस्थित जुद्ध शालिक चोक हुँदै पुनः निगमको प्राङ्गणमा पुगेर टुङ्गिएको थियो ।
कार्यक्रममा मन्त्री पौडेलले राम्रा काममा मन्त्रालयले निगमलाई सहयोग गर्ने बताएका थिए ।