२३ असार । डा. देवेन्द्र खत्री चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री तथा आयोगका अध्यक्ष बालेन शाहले डा. खत्रीलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेका हुन् ।
आज मन्त्रालयमा शिक्षा तथा खेलकुदमन्त्री तथा आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नवनियुक्त उपाध्यक्ष डा. खत्रीलाई नियुक्तिपत्र प्रदान गरे ।
सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश सरकारले ल्याएपछि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनी कुमार झा लगायत अन्य पदाधिकारी पदमुक्त भएका थिए ।












