व्यास ८ मा लघु उद्यम बिकास प्रशिक्षण कार्यक्रम

  • ख-
  • ख+

तनहूँ । ब्यास नगरपालिकाको आयोजनामा ब्यास नगर पालिका वार्ड नं ८ मा संचालन हुन गैरहेको गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम (पहिलो चरण) को १ हप्ताको प्रशिक्षणको समापन गरियो । ब्यास नगर पालिकाकी उपप्रमुख मिरा जोशीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो ।
ब्यास नगरपालिका वार्ड नं ८ का वडा अध्यक्ष ओजराज पौडेलको सभापतित्वमा भएकोृ कार्यक्रममा कार्यक्रममा वडा सदस्यहरु चन्द्र माया परियार, प्रदिप आचार्य, माधबी ओझा व्यास नगरपालिकाका शाखा अधिकृत बिमल गिरी लगायत समाजसेवी र अन्य सरोकारवालाको उपस्थिति रहेको थियो ।
उक्त लघु उद्यम बिकास प्रशिक्षण कार्यक्रममा २३ जना प्रशिक्षार्थी सहभागी हुनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्